यसरी लेखिँदैछ ऐतिहासिक फैसला « janaaastha.com
१८ फाल्गुन २०७७, मंगलवार

यसरी लेखिँदैछ ऐतिहासिक फैसला



आज सोमवार,सर्वोच्च अदालतले सरकारद्वारा असामयिक अवसान गराइएको जनताले आफ्नानिम्ति कानून बनाउने सर्वोच्च निकाय प्रतिनिधिसभाको भाग्य र भविष्य टुंगो लगाउन अब तीन दिन मात्र बाँकी ।

पुस ५ गतेको विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेका १३ वटा रिट निवेदनमाथिको बहस,जवाफी बहस र एमिकस क्युरीको राय लिने काम शुक्रबारदेखि सकिएको छ । आज ११ गतेसम्म बहस नोट बुझाउन म्याद दिइएको छ । सम्भवतः भोलि मंगलबार र पर्सि बुधवार संवैधानिक इजलासका न्यायाधीशहरूबीच छलफल हुनेछ ।

सबै न्यायाधीशलाई अदालतमा पेश हुँदाका बखतको रिट निवेदन र प्रतिउत्तरको सफ्ट कपी उपलब्ध गराइसकिएको छ । अब सम्भवत: पाँच जनाले एक एक वटा विषयमा पाँच भाग लगाएर ठहर खण्ड लेख्नुहुनेछ । सम्भवतः सबैले बढीमा दुई पृष्ठ ठहर लेख्नुहुने यस्ता मामिलाका बिज्ञ एक पूर्व न्यायाधीशले बताउनुभएको छ ।

अदालती प्रक्रियाअनुसार प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले एकजना न्यायाधीशलाई संसदीय परम्पराको बारेमा लेख्न लगाउन सक्नुहुन्छ । त्यसपछि अर्कालाई पुराना फैसला र नजिरहरूको विश्लेषण गर्न लगाइनसक्छ । अहिलेको संवैधानिक व्यवस्थाको विश्लेषण तेस्रो न्यायाधीशको जिम्मा पर्न सक्छ । बाँकी विषय र राजनीतिक प्रश्नको बारेमा चौथोलाई जिम्मा दिने गरी प्रक्रिया अघि बढाइएको हुनसक्ने स्रोतको दाबी छ । ती सबै लेखिएपछि ढिलोमा बिहिबारभित्र फैसला हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पशुपतिमा कि राष्ट्र बैंकमा पहिले ‘क्युआर कोड’ बाट दक्षिणा ?
सरकारसंग वार्ता गर्न काठमाडौँ छिरे प्रकाण्ड
विप्लव मनाउने जिम्मा बादललाई
विप्लवसँग बादलको वार्ता