पहिलो खेपको खोप आज दिउँसो ल्याईंदै

पहिलो खेपको खोप आज दिउँसो ल्याईंदै

सरकारले हालै भारतको सेरम इन्स्टिच्युट अफ इण्डियासँग गरेको कोभिसिल्ड खोप खरिद सम्भौताबमोजिमको पहिलो खेपअन्तर्गत १० लाख डोज आज ल्याउँदै छ ।

नयाँ दिल्लीबाट दिउँसो काठमाडौं विमानस्थल आइपुग्ने एअर इण्डियाको विमानले उक्त खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको विज्ञप्तिमा जनाइएअनुसार २३ गतेदेखि शुरु हुने अर्को चरणको खोप अभियानको लागि उक्त खोप प्रयोग हुनेछ ।

खोपलाई विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरिनेछ । बाँकी १० लाख डोज खोप यहि साताभित्र आइपुग्ने मन्त्रालय स्रोतले जनाएको छ ।

टिप्पणीहरू