भागरथीको सामुहिक बलात्कारपछि हत्या ?

भागरथीको सामुहिक बलात्कारपछि हत्या ?

विप्लव समूहले हिजो अन्त्येष्टी गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको सामुहिक बलात्कारपछि हत्या भएको ठहर गरेको छ ।

प्रहरीको अनुसन्धानबाट माघ २१ गते विद्यालयबाट घर फर्कंदै गरेकी भटट्को स्थानीय किशोर दिनेश भट्टले नजिकैको लवलेक जंगलमा पहिले घाइते बनाई त्यसपछि बलात्कार र अन्तमा हत्या गरेको पुष्टि भएको थियो । त्यहि पुष्टिपछि दिनेशलाई प्रहरीले सार्वजनिक गरेर कानुनी प्रक्रिया अघि बढाएपछि हिजो भागरथीको अन्त्येष्टि समेत गरिसकिएको छ ।

तर,विप्लव समूहको दोगडा केदार गाउँपालिका कमिटीका इञ्चार्ज आजादले हिजो जारी गरेको विज्ञप्तिमा भने पार्टीको बुझाईमा दिनेश भट्टले मात्र नभई भागरथीमाथि सामुहिक बलात्कारपछि हत्या गरिएको उल्लेख छ ।

आजादले भनेका छन् ‘निज भट्टलाई गहिरो ढंगबाट थप अनुसन्धान गरी दोषीहरूलाई कानुनी कठघेरामा उभ्याउन अनुरोध छ ।’

टिप्पणीहरू