ग्लोबल बैंकले एकातिरको बेच्ने, अर्कोतिर किन्ने

ग्लोबल बैंकले एकातिरको बेच्ने, अर्कोतिर किन्ने

ग्लोबल आईएमई बैंकले काठमाडौंको पानीपोखरी र अनामनगरस्थित आफ्नो स्वामित्वको जग्गा बेच्ने भएको छ ।

आज बैंकले प्रकाशित गरेको १५ दिने शिलबन्दी बोलपत्र आह्वानमा पानीपोखरीको मुख्य सडकमा रहेको २ रोपनी ६ आना २ पैसा ३ दाम अनामनगर,सिंहदरबारको पूर्वी ढोका नजिकैको ३ रोपनी जग्गा बिक्रीमा रहेको जानकारी गराएको छ ।

प्रचलित भाउअनुसार ती दुवै जग्गाको बजार मूल्य अधिकतम १ अर्ब हाराहारी रहेको बताइन्छ । अनामनगरको जग्गा ग्लोबल बैंकले जनता बैंकसँग मर्जर तथा प्राप्ति (मर्जर एण्ड एक्विजिशन) गर्दा प्राप्त भएको सम्पत्ति हो । जनताले पनि त्यसअघि सिद्धार्थ डेभलपमेण्ट बैंकलाई एक्वाएर गर्दा उक्त सम्पत्ति पाएको थियो ।

पानीपोखरी र अनामनगरको जग्गा बेचेर ग्लोबलले नयाँ र अत्याधुनिक केन्द्रीय कार्यालय भवन बनाउन काठमाडौंका विभिन्न स्थानमा जग्गाको खोजी र भेटिएकाको मोलमोलाई समेत गरिरहेको छ ।

नारायणहिटी दरबार संग्रहालयको उत्तरतर्फ रोडमा जोडिएको एउटा प्लट,नक्साल नारायणचौरस्थित एउटा क्याटरिङ्ग बसेको जग्गाको भाउ भइरहँदा सामाखुशीदेखि महाराजगञ्जसम्मको चक्रपथ क्षेत्रमा जग्गा खरिदको लागि पनि ग्लोबलका प्रतिनिधिहरु खटिएको देखिन्छ ।

टिप्पणीहरू