नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

साताको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले बढेको छ । हिजो ९.९४ अंकले बढेर २ हजार ६ सय ११ दशमलब ४५ विन्दुमा पुगेको नेप्से आज २५.२३ अंकले बढेपछि २ हजार ६ सय ३८ दशमलब ६८ विन्दुमा पुगेको छ ।आज प्रारम्भमा बढेर २ हजार ६ सय ३६ अंक पुगेको बजार केही मिनेटमै २ हजार ६ सय २० अंकमा झरेको थियो । त्यसपछि फेरी पहिलेकै अंक समातेको बजारले एक पटक बढेर २ हजार ६ सय ४२ सम्म छोएको थियो । अन्तमा बजार बन्द हुँदा ६ अंकले घटेर उक्त अंक कायम भएको हो ।

आज कारोबार भएका विभिन्न कम्पनीमध्ये आठ वटा कम्पनीको सेयर मूल्य निकै माथि पुगेको छ । ती कम्पनीको मूल्यमा झण्डै १० प्रतिशतले वृद्धि भएको देखिन्छ । आज कारोबार भएका १२ वटा समूहमध्ये ३ वटा समूह घटेका छन् भने अन्य सबै समूहमा बढोत्तरी देखिएको हो । सबैभन्दा धेरै बढोत्तरी बैंकिङ समूहमा २३ अंकले बढेको छ ।
आज ८ अर्ब ७६ करोड २१ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

टिप्पणीहरू