‘चरित्रहीन’ बाट कुरा शुरु हुन्छ « janaaastha.com
१३ फाल्गुन २०७७, बिहीबार

‘चरित्रहीन’ बाट कुरा शुरु हुन्छ



मनोरञ्जनको क्षेत्र मानिने दोहोरी, डान्सबार, स्पा, मजास पार्लर, क्याबिन रेष्टुरेण्टमा आश्रित महिलामाथि कार्यस्थलमा हुने यौनजन्य हिंसा, प्रशासनिक तथा विभिन्न किसिमका समस्या समाधानका लागि अग्रसर हुने संस्था हो, श्रमिक महिला रक्षा संघ । मेनुका थापाको रक्षा नेपालको शाखाका रुपमा जन्मिएर अहिले स्वतन्त्र ढंगले उक्त क्षेत्रमा काम गर्ने संस्थाकी अध्यक्ष हुन्, सविना लिम्बु । १९ वर्षदेखि रक्षा नेपालले हेर्ने जबरजस्ती करणी तथा यौनजन्य हिंसाका घटनामा पीडितलाई न्याय दिने काममा लागेर यो क्षेत्रलाई राम्रोसँग बुझेकी सविनाले काठमाडौंका ठमेल, क्षेत्रपाटी, सुन्धारा, बौद्ध, चावहिल, बालाजु, स्वयम्भूसहित ललितपुरका गरी करिव ४२ सय श्रमिक महिलालाई आफ्नो संस्थामा समेटेकी छन् । उनको माइत ताप्लेजुङ र घरजम ललितपुरमा भएको छ ।

० यो संस्था कसरी जन्मियो र ?
– ठमेलमा मेरो होटल, रेष्टुरेण्ट थियो । त्यहँ काम गर्दागर्दै रक्षा नेपालसँग जोडिन पुगेँ । त्यहाँ झण्डै १३ बर्ष बिताएपछि ०७१ सालमा यो संस्था खोलेका हौँ । पहिला रक्षा नेपालकै एउटा अंगका रुपमा यो क्षेत्रलाई हेर्ने जिम्मा पाएकी थिएँ । यो क्षेत्रमा काम गर्दा कतिपय अवस्थामा पीडकसँग आफैँ घम्साघम्सी गर्न पनि तयार हुनुपर्छ । प्रहरीले दुःख दिन्छन्, तिनीहरुसँग कुरा गर्न सक्नुपर्छ । शायद, ममा त्यो क्षमता देखेर होला, मेनुका थापाले यो काममा लगाउनुभएको । खासमा मेनुका मेरो साथी, तर गुरु आमा भन्दा पनि हुन्छ ।

० सदस्यहरु कस्ता–कस्ता छन् र ?
० अहिले ४२ सय महिला तथा किशोरीहरुलाई आबद्ध गरेका छौं । ०६५ सालको तथ्यांकअनुसार झण्डै १२ हजार डिस्को, डान्स, क्याबिन, मसाज छन् र त्यहाँ कार्यरत श्रमिकको संख्या ५० हजारभन्दा बढी छ । जसमध्ये २० प्रतिशत पुरुष र बाँकी महिला छन् । उनीहरुबाट आश्रित परिवार वा सदस्यको हिसाब गर्दा झण्डै पाँच लाख पुग्छ ।

० कस्तो काम गर्नुहुन्छ र ?
– मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत दिदी बहिनीहरुबाटै महिनावारी पाँच सय÷हजार रुपैयाँ संकलन गरेर कोष खडा गरेका छौँ । कसैलाई कुुनै अप्ठेरो प¥यो, शिक्षा र स्वास्थ्योपचारका लागि पैसाको आवश्यकता प¥यो भने निव्र्याजी ऋण दिन्छौँ । हालै कार्यान्वयनमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा पहल, पैरवी गराउने, नियुक्ति पत्र दिलाउने काम गर्दै आएका छौं । मालिक र श्रमिकसँग बैठक बसेर झक्झकाइरहेका छौं । औचारिक क्षेत्रमा कार्यरत दिदी बहिनीलाईझैं अनौपचारिक क्षेत्रमा कार्यरतलाई पनि उत्तिकै सेवासुविधा चाहियो भनेर कराइरहेका छौं ।

० मनोरञ्जानात्मक क्षेत्रमा काम गर्ने महिलाको अवस्था कस्तो छ र ?
– रहरले वा यसैमा काम गर्छु भनेर आएका दिदीबहिनी कोही पनि हुँदैनन् । कुनै न कुनै बाध्यता, परिबन्द वा निरिहताले यो क्षेत्रमा आएका हुन्छन् । औपचारिक शिक्षाको कमी भएपछि नियम, कानुन र सामाजिक प्रचलन थाहा नहुन सक्छ । तर, उनीहरुको त्यही कमजोरीको फाइदा उठाउन व्यवसायका सञ्चालक, प्रहरी, प्रशासनदेखि ग्राहकसम्मको तछाडमछाड चल्छ । हामीले सक्रियताका साथ उनीहरुको पक्षमा काम गर्न थालेपछि व्यवसायीहरुमा सचेतनाको विकास भएको पाएका छौँ । उनीहरुका लागि बोलिदिने संस्था पनि छ भनेर कतिपय मानिस दुव्र्यवहार गर्नबाट हच्किने गरेका छन् । तर, त्यसका बाबजुद पनि यौनजन्य हिंसा, जबरजस्ती करणका घटना भइरहेका छन् । अहिले पनि हाम्रो संस्थाले जबरजस्ती करणीका एक दर्जनभन्दा बढी मुद्दामा सहयोगीको भूमिका खेलिरहेको छ ।

० यस्तो घटनामा स्वयं श्रमिक महिला कत्तिको सचेत हुन्छन् र ?
– पहिला हामी फिल्डमा हिँड्दा प्रयोग गरिएका अस्थायी साधन बाल्टिनभरि फ्याँकिएका हुन्थे । क्याबिन रेष्टुरेन्टमा छिर्दा सिगरेटको धुुँवामात्र हुन्थ्यो । त्यसमा केही सुधार भएको छ । अस्थायी साधन सुरक्षित तवरले व्यवस्थापन गर्ने बानीको विकास भएको छ । यौनसम्बन्धी गतिविधिहरु गैरकानुनीमात्रै होइन, असामाजिक, अनैतिक र निकृष्ट काम हो भन्ने चेतना प्रवाहमा धेरै प्रगति भएको छ । हाम्रो पहिलो प्रयत्न त्यो क्षेत्रमा काम गर्ने महिलालाई सामाजिक जीवनमा पुनस्र्थापित गर्ने हुन्छ । त्यसका लागि विभिन्न सीपमूलक तालिम दिने र व्यवसाय सञ्चालनका निम्ति कोषबाट न्युनतम सहयोग गरिन्छ । बढीजसो महिलाहरु सिलाई–बुनाई, व्युटीसियन, स्वरोजगारमूलक क्याफे, चिया, खाजा पसल सञ्चालनमार्फत पुनस्र्थापित हुनुभएको छ ।

० ‘मनोरञ्जन क्षेत्र’ भनेर ती महिलालाई मनोरञ्जनको साधनका रुपमा लिइएको हो र ?
– ती महिला दिदीबहिनीलाई मनोरञ्जनको साधनका रुपमा चिनाउने सरकारको परिभाषा नै गलत छ । यसलाई सेवा क्षेत्र वा बाध्यात्मक रोजगारीको क्षेत्र भनिनुपर्छ । डिस्को, दोहोरी, डान्सबारहरु मुख्यतः मनोरञ्जन गर्नका लागि जाने ठाउँ हुन् भन्ने बुझाईका आधारमा सरकारले त्यहाँ काम गर्ने दिदीबहिनीलाई ‘मनोरञ्जन क्षेत्र’ भनिएको जवाफ पाउने गरेका छौँ । तर, हामी यो कुरा मान्दैनौँ । ती दिदीबहिनी मनोरञ्जनका निम्ति हैन, बाध्यात्मक रोजगारीका लागि त्यहाँ पुगेका हुन् । उनीहरु मनोरञ्जन गरिनका लागि जन्मिएका वा त्यहाँ गएका हुन् भन्ने बुझाई एकदमै आपत्तिजनक छ ।

० समस्या के पाउनुहुन्छ र ?
– मुख्यतः सामाजिक दृष्टिकोण नै खराब छ । यो क्षेत्रलाई समाजले नै दोषी नजरले हेरिसकेको छ । औपचारिक क्षेत्रमा कार्यरत दिदीबहिनीले जसरी आफ्नो परिचय दिन सक्नुहुन्छ, उसैगरी यो क्षेत्रमा कार्यरत दिदीबहिनीले आफ्नो परिचय दिन सक्नुहुन्न । क्यासिनोमा काम गर्ने दिदीबहिनीले समाजमा इज्जत पाउनुहुन्छ, तर त्यसबाहेक रात्रिकालीन व्यवसायमा काम गर्ने महिलाप्रतिको पहिलो हेराई वा बुझाई नै ‘चरित्रहीन’ भन्नेबाट शुरु हुन्छ । ‘नियुक्तिपत्र चाहिन्छ कि चाहिँदैन रु’ भनेर सोध्यो भने, ‘लिन त लिने, फेरि कहाँ लुकाएर राख्ने रु’ भन्दै प्रश्न गर्नुहुन्छ । किनभने, कतिपयले घर–परिवारमा ढाँटेर यो काम गर्नुभएको छ । धेरै ठाउँमा साहुले नियुक्ति पत्र दिनै मान्दैनन् । दिए पनि लिन अप्ठ्यारो मान्नुपर्ने अवस्था छ ।

० बढी समस्या कस्ता आउँछन् ?
– तलब नदिएका, ग्राहक र सञ्चालकबाटै यौनजन्य हिंसा भएका कुरा बढी छन् । श्रम ऐनअनुसार नियुक्तिपत्र नदिइएका कारण श्रम अदालत नपुगी प्रहरीमार्फत न्याय दिने गरेका छौं । पाहुनासँग ‘सजिलो’ व्यवहार नगरेको आरोप लगाएर तुरुन्त कामबाट निकालिदिएका घटना एकदमै धेरै छन् । ड्युटी आवर पनि तोकिएको छैन । जुन बेला साहुले बोलाउँछ, त्यही बेला पुग्नुपर्ने बाध्यता छ । गर्भवती हुँदा कामबाट निकालिदिने जस्ता घटना धेरै छन् ।

० यौनजन्य हिंसा धेरै हुने ठाउँ मनोरञ्जनात्मक क्षेत्र हो र ?
– यौनजन्य हिंसा जहाँ पनि हुन्छ । के डाक्टर, वकिल, इञ्जिनियरजस्ता सुशिक्षित महिलामाथि यौनजन्य हिंसा भएको छैन र रु यातायात मजदुरदेखि बोइङ उडाउने पाइलटसम्मले महिलामाथि हिंसा र शोषण गरेका छैनन् रु त्यसैले यौनजन्य हिंसाको कुनै क्षेत्र, सीमा हुँदैन । तर, योचाहिँ बढी जोखिमपूर्ण ठाउँ भयो । यौन गतिविधिप्रति आशक्त मानिसहरुका निम्ति अलिक सहज हुने ठाउँका रुपमा यसलाई बुझियो ।

० यही क्षेत्रमा बालिका बलात्करका घटना किन बढी हुन्छन् ?
– काठमाडौंको ठँहिटीमा हाम्रै सदस्य रहनुभएकी एकजना आमा बाध्यात्मक पेशाका रुपमा १०–१२ वर्षदेखि मसाज पार्लरमा काम गर्ने । त्यहीँ काम गरेर छोरा–छोरी पढाउने, हुर्काउने । एक दिन मसाज क्षेत्रमै काम गर्ने आमाकी साथीले उहाँकी १४ वर्षकी छोरीलाई आफ्नो डेरामा बोलाइन् । जुसमा रक्सी मिसाएर खुवाइन् । छोरी बेहोस भइन् । त्यही मौकामा दुईजना पुरुषले करणी गरे । छोरीको महिनावारी पहिलादेखि नै नियमित थिएन । घटना भएको भोलिपल्टै अत्यधिक रक्तश्राव भयो । महिनावारी भएको होला भनेर ख्याल भएन । तर, तीन महिनापछि पेट बढ्यो । शुरुमा पेट लाग्ने अरु कुनै रोग होला भनेर आमाले धामीझाँक्रीमा झारफुक गराउनुभयो । तर, पेट झन्झन् बढ्यो । यसपछि उहाँ हाम्रो अफिसमा आउनुभयो । हामीले पिसावमार्फत परीक्षण गर्दा गर्भ भएको बुझ्यौँ । अनि, अस्पताल लगेर जाँच गराउँदा गर्भ चार महिनाको भइसकेको पायौँ । तर, त्यो कसको गर्भ हो रु यो कुरा पत्ता लगाउनै एक महिना लाग्यो । कानुनतः गर्भपतनको समय गुज्रिसकेको थियो । पीडक र योजनाकारलाई फेला पा¥यौँ । मुद्दा चल्यो । पीडक जेल चलान भए । अर्थात्, यो क्षेत्रमा चेतना र कानुनी ज्ञानको अभाव छ । आमाले त्यस्तो पेशा अपनाएपछि छोरीलाई पनि त्यसमै लगाउने घटना पनि छन् । आमा नै त्यस्तो पेशामा भएपछि छोरी पक्कै पनि त्यही काममा अग्रसर हुन्छिन् भनेर सहकर्मी, व्यवसाय सञ्चालकले हेर्ने दृष्टिकोण गलत छ ।

० काठमाडौंमा यौन व्यवसायको स्थिति कस्तो छ र ?
– यो असामाजिक, अनैतिक र गैरकानुनी काम हो भन्ने कुरालाई हामीले हाम्रो क्षेत्रका दिदीबहिनीबीच पु¥याएका छौँ । त्यसैले कुरा बुझ्ने दिदीबहिनीहरु समाजको अरु क्षेत्रमा पुनस्र्थापित हुनुभएको छ । तर, यो समाजमा कतिपय सभ्य र शिक्षित महिलाले नै यौन व्यवसाय चलाएका छन्, जहाँ हामी पुग्दैनौँ । पुग्ने आधार छैन । प्रहरी वा कानुन आकर्षित हुने आधार पनि छैन । त्यसैले मनोरञ्जन क्षेत्रमा भन्दा भयावह र कहालिलाग्दो स्थिति ती क्षेत्रमा छन् । पुरुषहरुसँग सहमतिमा यौन सम्पर्क गर्ने र निश्चित माग पूरा नभएको नाममा जबरजस्ती करणीका मुद्दा लिएर जानेहरु बढीजसो त्यही स्थितिका छन् । यसबाट पुरुषहरु पीडित हुने सिलसिला एकदमै बढेको छ । त्यसैले हामी पुरुषहरुलाई पनि भन्छौँ कि, यौनका लागि आर्थिक मोलमोलाईमा संलग्न हुनेजस्तो विसंगत बाटो नरोजौँ । त्यो भनेको त प्रेममा आधारित हुन्छ, सद्भाव र सहमतिमा आधारित हुन्छ, पैसामा हैन ।

० विदेशी यौनकर्मीबारे केही जानकारी छ र ?
– खासमा हामी यौनकर्मी महिलाको पक्षमा काम गर्ने होइनौँ, यौनजन्य हिंसा हुने विभिन्न क्षेत्रका महिलाको हितका लागि काम गर्ने हो । तर, काठमाडौंमा विदेशी यौनकर्मी महिलाहरुको संख्या बढेको सूचना हामीले पाएका छौँ । गत वर्षको लकडाउनअघि ठमेल, स्वयम्भू, बौद्धतिर केही चिनियाँमूलका महिलाहरु त्यस्तो गतिविधिमा लागेको सुनेका थियौँ । ठमेलमा अहिले पनि अफ्रिकी र रसियन महिलाहरु फाट्टफुट्ट देखिन थालेको छ । हाम्रो देशमा विदेशका मान्छे आए भनेर हैन, हाम्रा चेलिबेटी त्यही कामका लागि विदेश लगिँदै छन् भन्ने कुरामा पनि चिन्ता गर्नुपर्छ । काठमाडौंबाट चार–पाँचजना दिदीबहिनीलाई लिएर भारतका विभिन्न शहर जाने । त्यहाँ एक–दुई महिना राखेर लाखौँ रकमसहित फर्किने पेशा पनि छ । त्यहाँ न हामी पुग्न सक्छौँ, न प्रहरी–प्रशासन नै पुग्ने आधार छ । तर, सबभन्दा बढी सामाजिक विसंगति त्यहीँबाट सिर्जना भएका छन् ।

० निर्मला पन्त बलात्कारको घटना नटुंगिदै भागरथी भट्टको घटना भयो । दैनिक सातवटा बलात्कारको घटना हुने तथ्यांक छ । यस्ता तस्वीर देख्दा समाज कुन दिशातिर जाँदैछ भन्ने लाग्छ र ?
– समाज विपरित दिशातिर जाँदैछ । कुर्सीको लागि लड्ने र रोडभर उफ्रने धेरै देखियो । तर, यस्ता इश्युका लागि सडकमा कोही आउँदैनन् । जुलुस, हड्ताल पनि पैसा पाउने ठाउँमा मात्र निस्कने भए । यी कुरामा हिँड्दा पैसा आउँदैन । अहिले सयको मृत्यु हुँदा १७ जना छोरी चेलीले बलात्कारको कारण ज्यान गुमाइरहेका छन् । बलात्कारीलाई मृत्युदण्ड नभएसम्म यस्ता घटनामा कमी आउँदैनन् । मृत्युदण्डको कुरा गर्दा पागल भन्छन् । तर, एउटा बलात्कारीलाई जीवनभर जेलमा खुवाएर, पिलाएर पाल्नुभन्दा धर्तीका भारलाई समाप्त पार्नु नै उचित हुन्छ भन्ने लाग्छ ।

० महिला हिंसाको अधिकांश मुद्दा मेलमिलापमै गएर टुंगिन्छ । हाम्रो कानुनी पाटोमा पनि केही त्रुटी छ कि र ?
– कति कुरा बाहिर आउँदैनन्, डरका कारण । साँच्चैको पीडित आउँदा पनि आउँदैनन् । देखावटी पीडितमात्रै बाहिर आउँछन् । साच्चैको पीडित पीडितै हो । बाहिर आएका पनि डर, त्रासमा बाँचेका हुन्छन् । सरकारले फौजदारी संहिता– ०७५ जारी गर्दा झूठा जाहेरवालालाई पनि कारवाही गर्ने नीति ल्यायो । यो राम्रो पाटो हो । नत्र, जबरजस्ती करणीका धेरैजसो मुद्दा करणी भएर भन्दा बढी अरु नै मामिला नमिलेर दर्ता हुने स्थिति थियो । त्यो स्थिति अहिले पनि छ । वास्तविक पीडितले न्याय पाउनैपर्ने र नक्कली पीडित भएर अड्डा धाउनेहरु उल्टै सजायँको भागिदार हुने कुरामा सरकारले कडाइ गर्नुपर्छ ।

० तपाईंले हेरेका घटनामध्ये जोखिमपूर्ण घटना सुनाइदिनुस् न !
– ललितपुरको भट्टेडाँडामा ९ वर्षको बच्चीलाई घरबाट अलि पर बलात्कार गरियो । बलात्कारपछि सिरकले मुख छोपेर मार्ने प्रयास भयो । बालिका मरिन् भनेर फालियो पनि । तर, उनी उठेर घसँ्रदै घर फर्किइन् । अक्सर, बलत्कारीहरु पहुँच भएका, शक्तिशाली नै हुन्छन् । त्यसैले यस्ता घटनामा राजनीतिकरण हुने हो । समाज कस्तो भने, बलात्कारीलाई होइन्, छोरीलाई दोष दिने । त्यो बच्ची स्कुल जान नपाउने रु भट्टेडाँडाको घटनामा बलत्कारीको विपक्षमा बोल्दा गाउँले सबै उठेर मलाई लखेट्न आए । अदालतमा बकपत्र हुँदा त्यसैगरी खेदियो । खुँडा–खुकुरी बोकेर ललितपुर जिल्ला अदालतबाट खेदियो । त्यो बच्ची लामो समय रक्षा नेपालमा बसिन्, अहिले पनि त्यहीँ पढ्दै छिन् । ती बच्चीको बच्चा पनि हुँदैन । अहिले अंग्रेजी विषय पढाउने शिक्षिका भएकी छिन् । त्यसैले बलात्कारीलाई एकपटक मृत्युदण्ड दिए ऊ एकपटक मात्र मर्छ । तर, ती बच्ची, जो बलात्कृत भएकी छन्, उनी जिन्दगीमा बारम्बार मरिरहेकी हुन्छिन् ।

अर्को, सुकुम्बासीबस्तीमा बस्ने आमाचाहिँ मनोरञ्जात्मक क्षेत्रमा काम गर्ने । उनकी ६ वर्षकी बच्चीलाई पनि उसैगरी बलात्कार गरियो । आमाको साथी रहेछ, बलात्कार गर्ने । भनिन्छ नि, ‘जहाँ पातलो, त्यहीं च्यातिन्छ !’ यो मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने आमाका बच्चीहरु धेरै बलात्कारमा परेका छन् । ६ महिनाको बच्चीलाई आफ्नै अंकलले ओरल सेक्स गरेर मारेको घटना छ । त्यो घटना बाहिरै आएन । त्यस्तालाई झुण्डाउनु पर्ने हो नि ! यी मानसिक बिरामी हुन् । बाटोमा हिँड्दै गरेको मान्छेलाई कुनै महिलाले समातेर बलात्कार गरेको थाहा छ रु हामी महिलालाई पनि त शारीरिक सम्बन्ध चाहिन्छ होला नि ! पुरुषलाई हेर्नुस् त, बच्चैदेखि छोरा भनेर पुल्पुलायो । उमेर लागेपछि आमाजस्तै कोही महिलामाथि बलात्कारसम्म गर्न पछि नपर्ने ! बितेको २० बर्षको अवधिमा झण्डै ३ सय घटना हेर्नु होला । १० वटा यस्ता घटना छन् कि, बलात्कारीलाई मार्न पाएँ भने म जस्तोसुकै सजाय भोग्न तयार छु जस्तो लाग्दथ्यो । अधिकांश आफन्तैबाट बच्चीहरु असुरक्षित छन् । हाइप्रोफाइलवालाको यस्ता केश उति बाहिर आउँदैनन् । मिलाइहाल्छन् ।

० यो क्षेत्रमा काम गर्ने संस्था बेलाबेला विवादमा आउँछन् । किन होला र ?
– जब पैसाको कुरा जोडिन्छ, अनि त्यहाँ स्वार्थ बाझिन्छन् । यौनजन्य हिंसाका विरुद्ध काम गर्ने, बलात्कार पीडितलाई समाजमा पुनस्र्थापित गर्ने, आश्रय दिने नाममा अन्तर्राष्ट्रिय दातृ संस्थाहरु नेपालमा सक्रिय छन् । उनीहरुले यहाँका स्थानीय गैरसरकारी संस्थासँग साझेदारीमा काम गर्छन् । धेरैजसोले काम गरेरै समाजमा प्रतिष्ठा कमाएका छन् । पीडितले न्याय पाएका छन् । केही संस्थाचाहिँ विदेशी कागज मिलाएकै भरमा चलेका छन् । कतिपय संस्थाले दुईजना पीडितलाई विदेशीसामु विज्ञापन गरेर सय जनाको संरक्षण गरेको नाममा पैसा लिएका छन् । निःशुल्क आश्रयस्थल दिने भनिन्छ, तर विदेशीसँग यति पैसा लिइन्छ कि– म सबै कुरा भन्न सक्दिनँ । किनभने, मलाई बाँच्न मन छ । सही किसिमले काम गर्नेलाई चल्नै गाह्रो छ । हामीले नै ठमेलमा अफिस राखेका छौँ । भाडा सस्तो छ । तर, तीन महिनादेखि तिर्न सकेका छैनौँ ।

० रक्षा नेपाल के भएर छाड्नुभएको ?
– म जहाँ छु, रक्षा नेपालका कारण छु । करिव १३ वर्ष काम गरेपछि मेनुकाकै सल्लाह, सहयोग र साथ पाएर यो संस्था स्थापना ग-यौँ । अहिले पनि रक्षा नेपालसँग सहकार्य हुन्छ । पूरै छोडेको होइन, बढी समय यसमा दिएको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेताले जे बोल्दा पनि हुँदो रहेछ
निर्वाचन आयोग र सर्वोच्च अदालतबाट गरिएको अपेक्षा के हो ?
छोरीको चरित्रचाहिँ सधैं उधिनिरहनुपर्ने ?