नेकपा (बहुमत) को जनप्रदर्शनमा पचास हजार बढिको उपस्थिति

नेकपा (बहुमत) को जनप्रदर्शनमा पचास हजार बढिको उपस्थिति

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिँदै निरन्तर आन्दोलमा उत्रिएको नेकपा (बहुमत) ले काठमाडौंमा आयोजना गरेको जनप्रदर्शनमा पचासौं हजारको उपस्थिति रहेको छ ।

काठमाडौं उपत्यकाको पाँच ठाउँबाट र्याली र जुलुससहित सभास्थलमा केन्द्रिकृत जनप्रदर्शनमा उपत्यकालगायत विभिन्न जिल्लाबाट मानिसको बाक्लो सहभागिता रहेको देखिन्छ ।

सुरक्षा संयन्त्रले नेकपा दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीको विरुद्ध रत्नपार्कमा आयोजना गरेको आमसभास्थल वरिपरी पचपन्न हजारभन्दा बढि मानिसहरू उपस्थित रहेको जनाएको छ ।

 

 

टिप्पणीहरू