‘खोपको रियाक्सन छैन’ : दोलखा प्रजिअ

‘खोपको रियाक्सन छैन’ : दोलखा प्रजिअ

बुधबारदेखि मुलुकभरका चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्यक्षेत्रका सहयोगीहरूलाई लगाउन थालिएको कोरोनाविरुद्धको खोपले जनस्वास्थ्यमा असर पारेको खबर बाहिरिएका छन् । तर, चार दिनसम्म खोप लगाइएका व्यक्तिमा कुनै गम्भीर समस्या नदेखिएको सरकारी अधिकारीहरूको दाबी छ ।

दोलखामा कोरोनाविरुद्धको खोप लगाइएका झण्डै सात सय जनामा हालसम्म कुनै गम्भीर रियाक्सन नदेखिएको प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले बताउनुभएको छ । उहाँका अनुसार जिल्ला अस्पताल चरिकोट र जिरी अस्पतालमा गरी हालसम्म खोप लगाइका सात सय जनामा सामान्य थकान महसूसको अनुभव भएपनि अस्पताल भर्ना गर्नुपरेको छैन । प्रजिअ शिवाकोटीको धारणा छ ‘खोप लगाएका सबैले नियमित कार्य गरिरहेकाले रियाक्सन देखियो भन्न मिल्दैन’ ।

शनिबार मध्यान्हसम्ममा जिरी अस्पतालमा झण्डै दुई सय जना र चरिकोटमा छ सय जनालाई खोप लगाइसकिएको छ । जिल्लामा कूल २२ सयभन्दा बढीलाई पहिलो चरणमा खोप लगाउनुपर्ने लक्ष्य राखिएको बताइन्छ ।

टिप्पणीहरू