जोखिम भत्ता नदिएपछि अस्पतालमै धर्ना

जोखिम भत्ता नदिएपछि अस्पतालमै धर्ना

कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता नपाएपछि शुक्रबार वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

कोरोना भाइरस (कोभिड-१९) कहरका बेला फ्रन्टलाइनमा बसि काम गरेका स्वास्थ्यकर्मीहरुलाई जाेखिम भत्ता उपलब्ध गराउने सरकारको निर्णय हालसम्म कार्यान्वयन नभएको भन्दै आरएनएका अध्यक्ष किरण पाण्डेको नेतृत्वमा वीर अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।

अस्पताल प्राङ्गणमा करिब दुई दर्जन भन्दा बढी स्वास्थ्यकर्मीहरुको समूहले धर्ना दिएको छ । उनीहरुले अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

धर्नामा उत्रिएका स्वास्थ्यकर्मीहरुले ‘कोभिड भत्ता उपलब्ध गराऊ’ भन्दै नाराबाजी गरेका छन् ।

टिप्पणीहरू