ओलीको बोली निर्लज्जताको पराकाष्ठा

ओलीको बोली निर्लज्जताको पराकाष्ठा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र सरकारले आमजनताप्रति गरेको व्यवहारलाई निर्लज्जताको उत्कर्श  भन्नुभएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम र सार्वजनिक अभिव्यक्तिप्रति आक्रामक देखिँदै आउनुभएका नेता पौडेलले ओलीले निरङ्कुश र प्रतिगामी चरित्र देखाएको बताउनुभएको छ ।

सोमबार ट्वीट गर्दै पौडेलले भन्नुभएको छ,‘नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भैरहेको छ । हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बरबराउने गर्छन् । जसरी अहिले प्रधानमन्त्री ओलीले आफ्ना विरोधी सबैलाई अपमानित गर्न तम्सिनुभएको छ ।’

उहाँले नागरिक आन्दोलनका अगुवाहरुमाथि सरकारले गरेको दमनको पनि कडा आलोचना गर्नुभएको छ । ‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछ,’ उहाँले भन्नुभएको छ, ‘तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ ।’  नेता पौडेलले प्रतिगमनका विरुद्ध हुने सबै आन्दोलनमा आफ्नो साथ र समर्थन रहने प्रतिवद्धता पनि जनाउनुभएको छ ।

टिप्पणीहरू