मनमोहनमा आठ महिनादेखि तलब छैन

मनमोहनमा आठ महिनादेखि तलब छैन

८ महिनादेखि अस्पताल प्रशासनले पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनकी अध्यक्ष निशु गजुरेलको नेतृत्वमा आन्दोलित श्रमिकहरुले पारिश्रमिक नपाएको, कर्मचारीहरुको उचित व्यवस्थापना नगरिएको भन्दै अस्पताल प्राङ्गणमा नाराबाजीसहित धर्ना दिएका हुन् ।

उनीहरुले व्यवस्थापन र श्रमिकहरुका वीच भएको सम्झौताको पूर्ण कार्यन्वयन गरी सम्पूर्ण श्रमिकहरुलाई नियमित हाजिर गराउन र कामको व्यवस्थापन मिलाउन माग राखेका छन्।

टिप्पणीहरू