अर्थमन्त्रीको जिल्लामा अर्को पक्षको प्रचार समिति

अर्थमन्त्रीको जिल्लामा अर्को पक्षको प्रचार समिति

अग्रज पत्रकार सिध्दिचरण भट्टराईकाे संयाेजकत्वमा रुपन्देहीमा नेकपा (दाहाल -नेपाल समूह) ले ५१ सदस्यीय जिल्लास्तरीय प्रचार समिति गठन गरेकाे छ ।

समितिकाे सहसंयाेजकमा प्रेस संगठन नेपालका पूर्व अध्यक्ष भुवन कार्की र सचिवमा गुनाराम घिमिरे चयन भएका छन् ।

यसैगरी सचिवालय सदस्यहरुमा यानेन्द्र जिसी, रुद्रहरि कुँवर, बीपी गाैतम, ओम पंगेनी, कमल रायमाझी, नरेश केसी, दिवाकर पन्थी र सरु राना चयन भएका छन् ।

जिल्लाकाे सबै निर्वाचन क्षेत्रमा अलग प्रचार समिति गठन गरिएकाे छ । क्षेत्र नम्बर १ मा टंक सुनार संयाेजक तथा पशुपति यादव र दिपक न्याैपाने सहसंयाेजक रहेकाे ७ सदस्यीय प्रचार समिति गठन भएकाे छ ।

क्षेत्र नम्बर २ मा माेहन न्याैपानेको सहसंयाेजकत्वमा ७ सदस्यीय प्रचार समिति,क्षेत्र नम्बर ३ मा शंकरप्रसाद पान्डे संयाेजक तथा माधव न्याैपाने र रबिन्द्र गुप्ता सहसंयाेजक रहेकाे ११ सदस्यीय समिति गठन भएकाे छ । नम्बर ४ मा राजकुमार धवल संयाेजक र अस्लम खान सहसंयाेजक तथा ५ मा बिन्दुकुमार चाैहान संयाेजक रहनेगरी प्रचार समिति गठन गरेकाे प्रचार प्रसार समिति सचिव गुनाराम घिमिरेले बताए ।

यसैवीच प्रचार समितिकाे आयाेजनामा भोलि माघ १३ गते रुपन्देहीका सबै मिडियाका सम्पादक,लेखक तथा अग्रज पत्रकार वीच संसद पुनरस्थापनाकाे बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएकाे छ ।

टिप्पणीहरू