नेपाल इन्भेष्टमेण्ट बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

नेपाल इन्भेष्टमेण्ट बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो ३४ औं वार्षिक साधारण सभा माघ ८ गते बैंकको केन्द्रीयकार्यालय दरबारमार्ग, काठमाडौंमा सफलतापूर्वक सम्पन्न ग-यो ।

महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभाभर्चुअल रुपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो । साधारण सभामा आर्थिक वर्ष २०७६/७७ मा बैंकका प्रमुखउपलब्धीहरू, भविष्यका योजनाहरू, कार्य सम्पादनलक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो ।

साधारण सभाको अध्यक्षतागरिरहनु भएका बैंककाअध्यक्षश्री पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १८.५ प्रतिशतकुललाभांशवितरण गरिने जानकारी दिनुभयो, जसमध्ये १३ प्रतिशतलाभांश (बोनस सेयर) र बैंकको कुलचुक्तापुँजीको ५.५ प्रतिशतनगदलाभांशप्रदान गरिनेछ ।

यस वर्ष बैंकले रु ३.५१ अर्ब रुपैयाँ सञ्चालननाफाआर्जन गर्न सफलभएको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुदनाफा २.४२ अर्ब रुपैयाँपुगेको छ भने बैंकको कुलचुक्तापुँजी १४.२४ अर्ब रुपैयाँपुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गतआर्थिक वर्षको कुल रु. १५२ अर्बबाट वृद्धि भइ १६६ अर्ब रुपैयाँपुगेको छ । यसैगरी कुललगानी अघिल्लो वर्षको रु. १२७ अर्बबाट वृद्धि भइ रु. १४१ अर्ब रुपैयाँपुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

टिप्पणीहरू