स्मार्टडोकोको अपडेटेड नयाँ भर्सनको एप पुन लन्च हुँदै

स्मार्टडोकोको अपडेटेड नयाँ भर्सनको एप पुन लन्च हुँदै

आइएमएस ग्रुपको लगानीपछि इ–कर्मश कम्पनि स्मार्टडोकोले मोबाइल एप तथा वेभसाईटको नयाँ भर्जन अपडेटेड गरी पुन लन्च गर्ने भएको छ । यस नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यही अवसरमा स्मार्टडोकोले “स्मार्टडोको २०२१ रिलोडेड्” पनि ल्याएको छ । यस अफर अन्र्तगत ग्राहकले विभिन्न छुटको लाभ उठाउन सक्नेछन् । स्मार्टडोकोबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट गिफ्टकार्डको आधारमा पाउनेछन् । सेलपपेबाट रकम भुक्तानी गर्दा एकहजार लोयल्टिी पोइन्टस् क्यासब्याकको रुपमा पाउनेछन् र नेपालभर निःशुल्क डेलिभरी पाइनेछ ।

ग्राहकहरुले यस अफर १ पटक मात्र प्राप्त गर्न सक्नेछन्) । ई–सेवाबाट भुक्तानी गर्दा ३ भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक पाउनेछन् । हिमालयन बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १००० को सिमा हुने छ । नेपाल इन्भेस्टमेन्ट बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. १००० को सिमा हुने छ । (न्यूनतम् अर्डर रु. २००० को हुनुपर्ने छ) । माच्छापुच्छ्रे  बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु. ५०० को सिमा हुने छ ।

सामसुङ, एमआई र वन् प्लस् ब्राण्डका स्मार्टफोन खरिद गर्दा एक वर्षसम्मको बे्रकेज बीमा सुविधा पाइनेछ । हरेक दिन एकजना व्यक्तिले १० हजारसम्मको गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन् ।

ग्राहकहरुले सबै अफरहरु प्राप्त गर्नका लागि स्मार्टडोकोको नयाँ भर्जन् एप् अप्डेट वा डाउनलोड गर्नुपर्नेछ । यो अफर २५ डिसेम्बर देखि १ जनवरी २०२१ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

‘स्मार्टडोकोमा लगानी गरेपछि र यसलाई आईएमएस ग्रुपमा समावेश गरिसकेपछि हामी हाम्रा ग्राहकहरूलाई स्मार्टडोकोको नयाँ भर्जन चिनाउँन चाहन्छौं । भर्खरै नयाँ लोगोको परिचय गरिसकेपछि, हामीले हाम्रो वेबसाइट र मोबाइल एपलाई सुधारगरी नयाँ रूप दिएका छौं,’ आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले भने ।

टिप्पणीहरू