दिल्लीबाट सन्दीप फुकुवा « janaaastha.com
१३ फाल्गुन २०७७, बिहीबार

दिल्लीबाट सन्दीप फुकुवा



नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट रिलिज (फुकुवा) भएका छन्। इण्डियन प्रिमियर लिग (आईपीएल)मा पछिल्लो तीन सिजन लगातार दिल्लीबाट खेलेका युवा स्पिनर सन्दीप आगामी संस्करणको लागि फुकुवा भएका हुन् ।

नयाँ सिजनका लागि अक्सन (लिलाम बढाबढ) हुनुअघि दिल्लीले सन्दीपलाई मुक्त गरेको हो । अब उनी आगामी फेब्रुअरीमा हुने अक्सनमा सहभागी हुन पाउने छन् ।

पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई दिल्लीले गत संस्करणमा भने एक खेलमा पनि मौका दिएको थिएन । दिल्लीले सन्दीपसँगै एलेक्स केरी,किमो पल,तुषार देशपाण्डे र मोहित शर्मालाई पनि रिलिज गर्ने निर्णय गरेको छ ।

आईपीएलको आउँदो संस्करणको अक्सन फेब्रुअरीको दोस्रो हप्तातिर हुन सक्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
भव्य बंग्लोमा खतिवडाको ‘भ्यालेण्टाइन्स’
डा. गोविन्द केसीको सत्याग्रह रोकियो ।
हामी मोरल्ली पदमा रहन्नौं : प्रदीप ज्ञवाली