भारतले आजदेखि कोभिड भ्याक्सिन बाँड्ने

भारतले आजदेखि कोभिड भ्याक्सिन बाँड्ने

भारतले कोरोनाविरुद्धको भ्याक्सिन आजदेखि आफ्ना नागरिकलाई लगाउन शुरु गरेसँगै छिमेकी राष्ट्रहरूलाई पनि अनुदानस्वरूप उपलब्ध गराउने बताएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार गर्नुएको ट्वीटमा आफ्ना घनिष्ठ मित्रराष्ट्रलगायत लामो समयदेखिका साझेदार मुलुकलाई उक्त खोप उपलब्ध गराउने बताउनुभएको हो ।

त्यसैगरी विदेशमन्त्री एस. जयशंकरले पनि भारतको प्रतिबद्धताअनुरूप मानवीयताको आधारमा छिमेकी मुलुकहरूलाई बुधबारदेखि खोप उपलब्ध गराउने ट्वीटमार्फत् जानकारी गराएका छन् । उनले भनेका छन् ‘उक्त खोपले कोभिड–१९ को चुनौतीलाई परास्त गर्नेछ ।’

यता,स्वास्थ्य मन्त्रालयले आज दिउँसो मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा अनुदानस्वरूप आउने खोपबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएको छ । स्रोतका अनुसार भारतले उपलब्ध गराउने खोप एक साताभित्र नेपाल आइसक्नेछ ।

टिप्पणीहरू