दुःखले इस्पातिलो बनाएको देह

जोए बिडेन उर्फ जोसेफ रोबिनेट बाइडेन जुनियर अमेरिकाका ४६ औँ राष्ट्रपति । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् । अर्को हप्ता जनवरी २० मा शपथग्रहण गर्दै छन् । ७८ वर्षका भए । अर्थात्, आजसम्मकै राष्ट्रपतिमा निर्वाचित हुँदाका वृद्ध व्यक्ति । जोएले २४ वर्षको उमेरमा बिहे गरे, नेलिया हन्टरसँग । उनी पनि २४ वर्षकै थिइन् । उनीहरूका २ छोरा र एक छोरी भए ।

बिहे गरेको छैठौं वर्ष, सन् १९७२ डिसेम्बर १८ को दिन, लोग्ने जोए सिनेटरमा भखर निर्वाचित भएको खुशियाली थियो । क्रिसमस चाड एक साता बाँकी थियो । नेलिया क्रिसमस ट्री किन्न घरबाट हिँडिन् । गाडीमा दुबै छोरा जोसेफ, रोबर्ट र छोरी नाओमी थिए ।

गाडी डेलावेरको ह्याक्सिन सडक हुँदै दौडिरहेको थियो । सायद नेलियाले उताबाट आइरहेको ट्र्याक्टरलाई देखिनन् । ट्र्याक्टरसँग गाडी ठोक्किन पुग्यो । दुर्घटना भएलगत्तै घाइते चारै जनालाई विलमिङ्टन जनरल हस्पिटल लगियो तर अस्पतालका चिकित्सकले ३० वर्षीया नेलिया र मात्र १३ महिनाकी शिशु नाओमीको मृत्यु भइसकेको जानकारी गराए । ३ वर्षको जेठो छोरो जोसेफ र २ वर्षका रोबर्ट सख्त घाइते भएका कारण तत्काल उपचार शुरु गरियो । पत्नी र छोरीको निधनको केही दिनपछि नै र २ छोराहरूको अस्पतालमा उपचार भइरहेकै समय उता जोएले सिनेटर पदको शपथग्रहण गर्नुप¥यो ।

जोए र जील ट्रासी ज्याकोबको भेट सन् १९७५ मा भयो । जील शिक्षिका थिइन् । दुबैले दुई वर्षपछि सन् १९७७ मा बिहे गरे । जील २० डिसेम्बरपछि अमेरिकाको प्रथम महिला बन्दै छिन् । जसरी जील जोएको दोश्री श्रीमती बन्न पुगिन् त्यसरी नै जोए पनि जीलको दोश्रा श्रीमान् हुन् । किनभने जील पनि विवाहिता थिइन् । बिल स्टेभ्सनसँगको ५ वर्ष लामो वैवाहिक जीवन उनले १९७५ मा मात्र तोडेकी थिइन् । पछी जील एक छोरी आस्लेको आमा बनिन् सन् १९८१ मा ।

जोएको राजनीतिमा उतारचढाव चल्दै थियो । सन् २०१० मा अचानक फेरि जेठो छोरा जोसेफ बिरामी परे । मष्तिस्कमा ट्युमर । पछि पक्षघातको शिकारसमेत बने । ब्रेन क्यान्सरको शिकार भए । उनको निधन ४६ वर्षको उमेरमा सन् २०१५ मा भयो । जोएको जीवनमा दुखै दुःख र उतारचढावले घेर्दै गरेको समय फेरि कान्छो छोरा रोबर्ट सेनाबाट निकालिए । उनको पिसाब परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । उनले पछी कोकिन लिने गरेको स्विकारे । त्यसो त जोए आफैँ पनि सन् १९८८ मा ब्रेनको शल्यक्रिया गरिसकेका व्यक्ति हुन् । उनको मांसपेसीमा समस्या छ । अल्जाइमर रोग छ । तर, जे–जस्तो शारीरिक समस्या भए पनि मानसिक अवस्था ठीक छ । उनी अमेरिकाजस्तो शक्तिशाली मुलुक हाँक्न सक्षम देखिएका छन् र त जनताले उनलाई चुनेका छन् । हाम्रोमा भने ६५ वर्ष पुग्नासाथ के–के न बित्यो जस्तो गरिन्छ ।

टिप्पणीहरू