समन्वय प्रमुख रंगेहात पक्राउ

समन्वय प्रमुख रंगेहात पक्राउ

शुक्रबार दिउँसो जुवातास खेल्दाखेल्दै जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । समन्वय प्रमुख गजेन्द्र बहादुर ओली सहित पाँच जनालाई रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ पातुखोलामा रहेको भरत घर्तिको घरमा जुवातास खेलिरहेको  अवस्थामा रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कपिल शाहिले बिशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको बताए । समन्वय प्रमुख ओलि सहित रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर ५ का सुवास घर्ति, सोही पालिकाको वडा नम्वर १० का जितेन्द्र बुढा, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ७ का लिलबहादुर पुन र मुसिकोट नगरपालिका वडा नम्वर १ का कमल गिरीलाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट ३ जोडा तास र २५ हजार रुपैया बरामद समेत गरिएको छ । उनीहरु बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको (जुवा) मुद्दा चलाईने बताईएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसनधान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू