खुसुक्क जग्गा पास गर्ने पक्राउ

खुसुक्क जग्गा पास गर्ने पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिएर अर्काको नाममा बेचिदिएको खुलेको छ । रावतको वीरेन्द्रनगर–८ शंकरचोकस्थित ६ कठ्ठा जग्गा उनलाई थाहै नदिएर अरुको नाममा गरिदिएका हुन् ।

उनको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिलाई बेचेका हुन् भने रावतसँग पुरै ६ कठ्ठा जग्गा भएको लालपुर्जा सुरक्षित छ ।

जिल्ला मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप सावद र पूर्व घर बताउने सन्तोष ठाकुरको मिलेमत्तोमा रावतको जग्गा अरुलाई बेचेको आरोप लागेको छ ।

आरोपित सावदलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा समेत लिएको जनाएको छ । उनलाई बुधबार साँझ नियन्त्रणमा लिइएको हो । यसबारे थप अनुसन्धान भैरहेको प्रहरी स्रोतले जनाएको छ ।

टिप्पणीहरू