प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा संवैधानिक इजलासले नै हेर्ने

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा संवैधानिक इजलासले नै हेर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दा सरकारपक्षका वकिलहरूकाे मागबमाेजिम सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै निरुपण हुने भएको छ । सो सम्बन्धमा परेका एक दर्जनभन्दा बढी मुद्दालाई संवैधानिक इजलासबाटै टुङ्गो लगाउने गरी प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणासहित पाँचजना न्यायाधीशको आजको संवैधानिक इजलासले आदेश गरेको हो ।  इजलासले यस्ताे आदेश गर्दा संविधानकाे धारा १३७ (३) मा टेक्दै यसमा गम्भीर संवैधानिक व्याख्याकाे प्रश्न समावेश भएकाे देखिएकाे जिकिर गरेकाे छ । सुनुवाई हेर्दाहेर्दै पर्सि ४ गते आइतबारदेखि हुने भएको छ ।

प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहनुभएको इजलासमा निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिटलाई पूर्ण बृहत् इजलासबाट किनारा लगाउनुपर्ने जिकिर गरेका थिए ।

सरकारको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले संविधानसँग जोडिएका सबै विषयको निरूपण संवैधानिक इजलासबाट हुनुपर्ने अडान लिँदै ऐन तथा नियमहरूसँग सम्बन्धित विषयलाई मात्र पूर्ण बृहत इजलासमा लैजानुपर्ने तर्क गरेका थिए ।

टिप्पणीहरू