सामन्त आउनुअघि र पछिको सरकार « janaaastha.com
२ माघ २०७७, शुक्रबार

सामन्त आउनुअघि र पछिको सरकार



पुस लागेदेखि नेपालमा विकसित राजनीतिक सरगर्मीसँग दक्षिणको गहिरो नाता छ भनेर विश्लेषकहरूले बताउन थालेका छन् ।

जब भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौं आए, त्यसअघिका केपी ओली र त्यसपछिका केपी ओलीमा फरक देखिएको भन्छन्, चिन्तकहरू । गोयल आउनुअगाडिको केपी ओली संविधानमा जे हो, त्यसैमा अडिएको देखिनुहुन्थ्यो । त्यसअघि सुवास नेम्वाङ, अग्नि खरेलहरू पनि संविधानमा जे लेखिएको छ, त्यसमा सहमत हुनुभयो । तर, सामन्त गोयल आएपछि केपी ओली फरक हुनुभयो, सुवास र अग्निहरूको समेत नियन्त्रणमा रहनुभएन ।

अहिले केपीले चाल्नुभएको कदमबारे एकजना भारत निकट विश्लेषकले एक वर्षअघि नै छनक दिएका थिए । डा.रामवरण यादव राष्ट्रपति हुनुहुँदाका सल्लाहकार र दक्षिणी कनेक्सनका खास मानिने डा.सूर्यप्रसाद ढुंगेलले धारा ८५ को हवाला दिँदै संसद विघटन हुनसक्छ भनेर एक वर्षअघि लेखेका हुन् । अर्का भारतपक्षधर विश्लेषक अरुण सुवेदीले संविधान र संघीयतालाई समाप्त पार्ने मौकाको रूपमा यो कदमलाई चित्रित् गरिरहेका छन् । उनले त सबै दलका बलिया गुटले ओलीसँग मिलेर यो व्यवस्था फाल्नुपर्छ भन्नेसम्मको टिप्पणी लेख्न भ्याएका छन् ।

त्यसैले पनि कतिपय बुद्धिजीवीले कस्तो बुझाई बनाएका छन् भने, यो काम एक रातमा भएको होइन । दुई ठूला कम्युनिष्ट पार्टी चुनाव लड्दा कांग्रेसका कतिपय नेताहरू भन्थे, ‘एकापसमा भोट हाल्ने हैनन्, हामी किन डराउने ?’ तर, वाम गठबन्धनकै बहुमत आयो । त्यसपछि मिलेर सरकार नबनोस् भन्नेमा भारतीय भूमिका देखियो । त्यो पनि सफल भएन । त्यसपछि डेढ वर्षको सरकार हो भन्नेमा कांग्रेसहरू पुगे । तर, ०७२ फागुन ३ देखि ०७७ पुस ५ सम्म पुग्दा ३४ महिना सरकार मज्जैले चल्यो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समन्वय प्रमुख रंगेहात पक्राउ
काङ्ग्रेसको प्रतिकात्मक बिरोध (भिडियो)
देशमा अनर्थ हुँदैछ : रामचन्द्र पौडेल
अदालतलाई हेपेको कि जालझेल गरेको ?