कारबाही गरियोस् यस्तालाई

अर्घाखाँची जिल्ला, सिमलपानी गाविस–१३ स्थायी घर भई हाल बुटवल बेल्बास बस्ने नेपाल प्रहरीका सइ रनबहादुर बिसी कपिलवस्तु जिल्लाको पिपरा ट्राफिक कार्यालयमा तैनाथ छन् । उनले नेकपा (माओवादी) विप्लव समूह र स्थानीय गुण्डा तथा डनसँग गोप्य साँठगाँठ गरी स्थानीय व्यापारी, व्यवसायीलाई तर्साएर पैसा असुल र राती वाणगंगा खोलाको ढुंगा, बालुवा, गिट्टी, काठ र गाँजा तस्करीमा प्रत्यक्ष रूपमा संलग्न भई बेल्बासमा २ करोडको ३ वटा घडेरी र गत वर्ष कपिलवस्तुमा १ बिघा खेत किन्न सफल भएका छन् । हवल्दार दर्जामा काठमाडौं बिमानस्थलमा कार्यरत हुँदासमेत अमेरिका पठाउने मानव तस्करसँग मिलेर अध्यागमन सेटिङ मिलाएबापत पनि कमाउन सफल भएका थिए ।

अहिले निजले भन्सारमा सेटिङ मिलाएर सामान ओसारपसार गर्ने, स्थानीय व्यापारी, व्यवसायीलाई तर्साएर पैसा असुल र रातमा बाणगंगा खोलाको ढुंगा, बालुवा, गिट्टी, काठ र गाँजा तस्करी गरेबापत दैनिक २–३ लाख नगद आम्दानी गरिरहेको भन्ने व्यहोरा निजकै मुखबाट सुनिन आएको छ । निजले वर्तमान प्रहरी महानिरीक्षक सैलेश थापा र क्षेत्रीय प्रहरी प्रमुख र विन्दु धानुक आफ्नै मान्छे भएकाले मलाई यहाँबाट कसैले पनि सरुवा गर्न नसक्ने भनेर धाक धक्कु लगाउने गर्छन् ।

उनले गाउँका बेरोजगार युवा÷युवतीसँग प्रहरीमा जागिर लगाइदिन्छु भनेर अग्रिम २÷२ लाख नगद उठाइसकेका छन् । भर्ती हुनेको पैसा झ्वाम पार्ने अनि नहुनेको पैसा आज दिन्छु भोलि दिन्छु भनी वर्षौं झुलाउने गरेका छन् । उनले प्रहरीमा जागिर खान इच्छुक युवतीलाई बुटवल होटलमा बोलाएर फेरी–फेरी यौन शोषण गर्नसमेत भ्याएका छन् ।

– कपिलवस्तु जिल्ला, पिपरा ट्राफिक कार्यालयमा कार्यरत प्रहरी जवान

टिप्पणीहरू