सानो माछाको पछि लाग्दा विप्लवका ठूला नेता पक्राउ « janaaastha.com
२ माघ २०७७, शुक्रबार

सानो माछाको पछि लाग्दा विप्लवका ठूला नेता पक्राउ



हातहतियार भण्डारणलगायत अनेक प्रकरणमा मुछिएका ललितपुर इन्चार्ज चिरन पुनलाई खोज्दै गएको प्रहरी टोलीले ललितपुरको दक्षिणी पहाडी भूभाग आश्राङ्ग र गिम्दी क्षेत्रबाट ठूलो माछा फेला पारेको छ ।

विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र वास्ताेला यसरी सादा पोशाकका प्रहरीबाट ल्यापटपसहित आज अपरान्ह पक्राउ परेका हुन् । पार्टीका सचिवालय सदस्य तथा पश्चिम कमाण्ड प्रमुख बाँस्कोटालाई मकवानपुरबाट ललितपुर छिर्दै गरेको बेला समाती गिम्दी चौकीमा राखिएको बताइन्छ ।

नेता बास्तोलासहित प्रकाश शाही, विवेक कुमाल र विश्वासलाई प्रहरीले गिरफ्तार गरेको बुझिएको छ । सरकारले प्रतिबन्ध लगाएसँगै ठूलो संख्यामा विप्लवका नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समन्वय प्रमुख रंगेहात पक्राउ
काङ्ग्रेसको प्रतिकात्मक बिरोध (भिडियो)
देशमा अनर्थ हुँदैछ : रामचन्द्र पौडेल
अदालतलाई हेपेको कि जालझेल गरेको ?