जी न्युजविरुद्ध अस्कलमा प्रदर्शन « janaaastha.com
१३ माघ २०७७, मंगलवार

जी न्युजविरुद्ध अस्कलमा प्रदर्शन



भारतीय टेलिभिजन च्यानल जी न्युजले सगरमाथाबारे गरेको टिप्पणीप्रति अनेरास्ववियुले विरोध जनाएको छ । जी न्युजले नेपालको सगरमाथामाथि भारतले पनि दाबी गर्नुपर्ने तर्कसहितको रिपोर्ट प्रशारण गरेको छ ।

उक्त रिपोर्टलाई लिएर नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज अमृत साइन्स कलेज,ठमेलमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा विद्यार्थीहरूले चर्का नाराबाजी गरेका छन् । उनीहरूले ‘भारतीय विस्तारवाद मूर्दावाद !’, ‘अनेरास्ववियु जिन्दावाद !’, ‘केपी ओली सरकार मूर्दावाद !’, ‘नेपाली भूमि अतिक्रमण बन्द गर’, जस्ता नारा लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कसले हार्ने लडाइँ हो यो ?
मनमोहनमा आठ महिनादेखि तलब छैन
स्वर्गीय दुर्गेलाई बिचल्ली पार्यो सीजीले
अर्थमन्त्रीको जिल्लामा अर्को पक्षको प्रचार समिति