जापानी कामुक केटीको अचम्मलाग्दो कथा

जापानी कामुक केटीको अचम्मलाग्दो कथा

– राजेन्द्र स्थापित

सादा आवे जापानी युवती हुन् । आमाबाबुका आठ सन्तानमध्येकी कान्छी छोरी । कान्छी भएकैले आमा काटसुको प्यारी थिइन् । त्यसैले सादाले अरुको दाँजोमा मनपरी गर्न पाइन् । स्कुलमा पनि गायन र नृत्य सिकिन् । त्यो पनि नेपालको बादी समुदायका महिलाले जस्तै गाउने र नाच्ने कला । जापानमा गाएर, नाचेर पुरुषहरुलाई मनोरञ्जन दिलाउने महिलालाई गिशा भनिन्छ । त्यहाँ गिशाहरुलाई सम्मानको आँखाले हेरिन्थ्यो तर पछि कतिपय गिशाहरुले गाउन, नाच्नबाहेक शरीर सुम्पेर पुरुषहरुलाई यौन सन्तुष्टि पनि प्रदान गर्न थालेपछि जापानीहरुले नाक खुम्च्याउन थाले । यो पेशालाई पतित मान्न थाले ।

सादाले गिशा र वेश्याहरुले जस्तै गाउने र नाच्ने कला सिकिन् । बेन्जुजस्तै बजाउने जापानी बाजा सामिसेनमा पारंगत भइन् । स्टाइलिष्ट मेकअप गरेर हिँड्न थालिन् । चाँडै नै आफूलाई ‘आधुनिक’ मान्ने ठिटाठिटीको समूह बनाइन् । १४ वर्षकी थिइन्, सधैं जसरी समूहसँग घरबाट टाढा जाँदाको समयमा आफ्नै साथीबाट बलात्कृत भइन् । सानैदेखि जे गरे पनि आमाबाबुबाट छुट पाएका कारण लापरवाह र अनियन्त्रित बनिन् । बाबुआमाको टाउको दुखाइ बन्न पुगिन् । नतिजा, बाबुआमाले नै याकोहामास्थित ठूलो गिशा घरमा बेचिदिए । त्यसबेला उनी १७ वर्षकी थिइन् । बाबु सिगेयोसी र आमा कात्सुले सोचेका थिए कि छोरीले गिशाघरको कडा अनुशासन सिकुन् र सच्चिउन् । आमाबाबुलाई थाहा थिएन कि सादा वास्तवमै गिशा नै बन्न चाहन्थिन् । उनले यो कुरा आफ्नी दिदी तोकुलाई भनेकी रहिछन् ।

सादाले सानैमा गायन र नृत्य सिकेको भए पनि कलाप्रति कहिल्यै गम्भीर नभएका कारण गिशाघरमा सम्मानजनक स्थान पाइनन् । ग्राहकलाई गाएर, नाचेर होइन शरीर सुम्पेर मनोरञ्जन गर्नुपर्ने भयो । उनी पेशेवर वेश्या नै बन्न पुगिन् । पाँच वर्ष त्यो घरमा बस्दा उनलाई पटक–पटक यौनरोग सिफलिससमेत लाग्यो । उनले सोचिन्– वेश्यावृत्ति गर्नु नै छ भने किन धेरै पैसा कमाइ हुने राम्रो वेश्यालयमा प्रवेश नगर्ने ? उनी गिशाघर त्यागेर ओसाका पुगिन् र त्यहाँको प्रसिद्ध वेश्यालय तोबिता छिरिन् । तर, छोटो समयमै समस्याको पोको बनिन्, वेश्यालय मालिकहरुका लागि । ग्राहकको पैसा चोर्ने र भागेर जाने गर्न थालिन् तर त्यसबेला वेश्यालय चलाउनेहरुले व्यवस्थित व्यापार गर्ने गरेका थिए । उनी जतिपटक भागिन्, खोजेर, समातेर ल्याइहाल्थे । दुई वर्षपछि पछिल्लोपटक भाग्दा भने समात्न सकेनन् । उनले वेश्या पेशा छाडेर रेष्टुराँमा बेयराको काम गर्न थालिन् तर ग्राहकसित मोलतोल गरी वेश्यावृत्ति पनि गर्थिन् ।

सन् १९३३ मा काटसुको निधन भयो । आमाको मृत्यु हुँदा सादा २७ वर्षको भइसकेकी थिइन् । टोकियो गइन् । बाबुसँग आमाको चिहान पुगिन् । टोकियो वेश्याहरुको ठूलो बजार भएको थाहा पाइन् र बाबुलाई केही नभनी त्यहाँको वेश्यालयमा काम गर्न गइन् तर लाइसेन्स नलिई धन्दा गरेको आरोपमा पक्राउ परिन् । उनले काम गरेको वेश्यालयका मालिक थिए– किनोसुके कासाहारा । कासाहारालाई सादा मन पथ्र्यो । उनले धरौटी राखेर सादालाई छुटाए । अब सादा कासाहाराको रखैल बनिन् । घर र आम्दानीको हिस्सासमेत पाइन् । कासाहाराले पछि प्रहरीमा बयान दिँदै सादाबारे भने– उनी निकै बलियो थिइन्, निकै शक्तिशाली । उत्तिकै राम्री । उनी मलाई आच्छु आच्छु पार्थिन् । रातभरिमा तीन–चारपटक सम्भोग गर्दा पनि सन्तुष्ट हुँदैन थिइन् । रातभर मैले आफ्नो हात उनको संवेदनशील अंगमा राखिराख्नुपथ्र्यो, अन्यथा रिसाउँथिन् । शुरुशुरुमा त यो क्रियामा मलाई पनि आनन्द नै लाग्यो तर दुई–तीन हप्तापछि झ्याउ लाग्न थाल्यो ।’

एकदिन सादाले पत्नीलाई त्यागेर आफूसँग बिहे गर्न भनिन् तर कासाहारा मानेनन् । सादाले ‘त्यसो भए मैले अर्को पुरुषसँग रात बिताउन पाऊँ’ भनिन् । कासाहाराले यो कुरा पनि मानेनन् । सादाले रिसाएर कासाहाराको घर छाडिन् र नागोया शहरतर्फ प्रस्थान गरिन् । कासाहाराले रिसाएर सादालाई वेश्या भने । सादाले पनि ‘उनी मलाई प्रेम गर्दैनथे, मलाई जनावरसरह व्यवहार गर्थे’ भनिदिइन् । उनी छिट्टै टोकियो फर्किन् र एउटा रेष्टुराँमा काम गर्न थालिन् । प्राध्यापक, बैंकर र सांसद गोरो ओगिया उक्त रेष्टुराँमा आइरहन्थे । गोरोले सादालाई र सादाले गोरोलाई मन पराए । रेष्टुराँमा आउने अन्य ग्राहकसँग शारीरिक सम्बन्ध राख्न नहिच्किचाउने सादाले गोरोसँग पनि पटक–पटक सम्बन्ध राखिन् । गोरो उनीबाट निकै प्रभावित बनेर टोकियो आई रेष्टुराँ खोलेर जीविकोपार्जन गर्न सुझाए ।

गोरो गएको केही दिनपछि सादा टोकियो पुगिन् तर गोरो सादा सिफलिस रोगी भएको थाहा पाएर उनीबाट टाढिए । गोरोको सहयोग नपाएपछि रेष्टुराँको मालिक्नी बन्ने सपना चकनाचुर भयो । उनी योशिडायास्थित एउटा रेष्टुराँमा काम गर्न थालिन् । उक्त रेष्टुराँका मालिक थिए ४२ वर्षीय किचिजो इसिदा । जो रसिक स्वभावका थिए, महिलालाई फसाएर यौनसम्बन्ध राख्नमा माहिर । सादा आफ्नो रेष्टुराँमा काम गर्न थालेको केही दिन मात्र भएको थियो, किचिजो सादालाई लोभ्याउन सफल भए । गोरो सादालाई यौन सन्तुष्टि दिन असमर्थ थिए । त्यसैले किचिजोतर्फ आकर्षित भइन् । सादा विकृत र असंयमित यौन स्वभाव भएकी स्त्री थिइन् । उनको उन्मादलाई ऐरेगैरेले सन्तुष्ट पार्न सक्दैनथे । यस्तो अवस्थामा उनले किचिजो भेट्टाइन्, जो शारीरिक सम्बन्धमा पारंगत थिए । ३१ वर्षीया सादाले किचिजोबाट यौन सन्तुष्टि प्राप्त गर्न थालिन् । दुवै कहिले दिउँसै आफ्नै रेष्टुराँमा र कहिले नजिकको लभ होटलमा गई मज्जा लिन थाले । उनीहरुले सिबुया, फुताको, ओगु घुम्दै रमाइलो गरे । सिबुयाको होटलमा चार दिन कोठाबाट बाहिरै ननिस्किी बसेका थिए । कोेठामा बेयरा पस्दासमेत वास्ता गर्र्दैनथे । यौनक्रिडामा लीन भइरहन्थे । दुई हप्ताको घुमाइमा सादाले दर्जनौंपटक चरमोत्कर्षमा पुगेको अनुभव गरिन् । जुन आनन्द अरु कसैले दिन सकेका थिएनन् । उनी भन्थिन्, ‘मैले जीवनमा यति सेक्सी पुरुष भेटेकै थिइनँ ।’

दुई सातापछि टोकियो फर्के । किचिजो आफ्नी पत्नीसँग बस्न थाले । सादाले जीवनमा पहिलोपटक कुनै पुरुषसित सच्चा प्रेम गरेकी थिइन् । आफूले मन पराएको मानिस अरु स्त्रीसँग सुत्न गएको मन पराइनन् । इष्र्याले जल्न थालिन् । यसबीच सन् १९३७ मे ९ को दिन एउटा नाटक हेर्न गइन् । नाटकमा एउटी गिशाले आफ्नो प्रेमीलाई ठूलो छुराले रोपेको देखेपछि उनले पनि त्यसै गर्ने सोच बनाइन् । दुई दिनपछिको राति दुवै यौनक्रिडामा व्यस्त रहेकै बेला सादाले ब्यागबाट छुरा निकालिन् र किचिजोको छातीमा राख्दै नाटकमा गिशा युवतीले बोलेकै डाइलग बोलेर किचिजोलाई धम्क्याइन् तर किचिजो डराएनन्, हाँसेर बसे । दुई दिनसम्म यौनक्रिडामा लीन भइरहे ।

मे १६ मा पुनः भेटे । दुई घण्टा नरोकिइकन यौनक्रिडा गरे । सादाले किचिजोको लिंगमा छुरा राख्दै आइन्दा आफूबाहेक अन्य स्त्रीसँग यौनसम्पर्क नगर्ने वचन दिन दबाब दिइन् । यसपटक पनि सादाको धम्की सुनेर हाँसे मात्रै । त्यो दिन सादाले किचिजोसित गरेको यौनक्रिडामा पहिलाको जस्तो आनन्दको अनुभूति गरेकी थिइनन् । उनले किमोनो (जापानी लुगा) को बेल्ट झिकिन् र किचिको घाँटी कसिन् । किचिजोको श्वासप्रश्वास अवरुद्ध भयो । अनुहार सुक्यो । किचिजोले नदुख्ने औषधि ३० चक्की खाए । पर्सिपल्ट मे १८ मा सादा किचिजोको कोठामा राति २ बजे पुगिन् । किचिजो मस्त निद्रामा थिए । सादाले किमोनोको बेल्ट झिकेर घाँटीमा बेरिन् र कस्न थालिन् । किचिजोको प्राणपखेरु एकछिनमै उड्यो । त्यसपछि सादा केही बेर किचिजोको मृत शरीरलाई अंगालो हालेर सुतिरहिन् । उनले फेरि पनि मुख मैथुन गराउन खोजिन् तर सफल नभएपछि छुरा निकालेर किचिजोको लिंग र अण्डकोष काटिन्, एउटा पत्रिकामा पोको पारेर आफ्नो ब्यागमा हालिन् । किचिजोको बायाँ तिघ्रामा रगतले जापानी भाषामा ‘हामी, सादा र किचिजो दुवै एक्लो’ भनेर र बायाँ पाखुरामा ‘सादा’ लेखेर बाहिर निस्किइन् ।

प्रहरीले भोलिपल्ट किचिजोको लास फेला पा¥यो र सादाको खोजीमा लाग्यो । सादा गायब भइसकेकी थिइन् । यो घटना जापानको सबैभन्दा सनसनीखेज खबर बन्यो । प्रायः सबै पत्रिकाको कभर न्युज बन्यो । समाचारमा सांसद गोरोको नाउँ पनि उछालियो । गोरोको राजनीतिक जीवन धराशायी बन्यो । प्रहरी सादालाई खोज्न भरमग्दुर प्रयासमा लाग्यो । कतिपय शहरमा यसैको कारण ट्राफिक जाम भयो ।

उता, सादा प्रेमीको लिंग र अण्डकोष ब्यागमै बोकेर सपिङ मल घुम्दै हिँडिन् । सिनेमा हेर्न गइन् । मे २० को दिन सिनेमा हेरेर होटल फर्किंदा तीन बोतल बियर किनिन् । बियर खाइसकेपछि माउन्ट इकोमाबाट हाम्फालेर आत्महत्या गर्ने सोच बनाइन् । साँझको ४ बजे प्रहरी उनको कोठाभित्र प्रवेश ग¥यो । होटलको रजिष्टर कपीमा अर्कै नाउँ राखेका कारण प्रहरीलाई ठम्याउन गाह्रो प¥यो तर सादाले आफ्नो परिचय दिइन् र प्रमाणको रुपमा ब्यागबाट किचिजोको लिंग र अण्डकोष देखाइदिइन् । पक्राउपछि किचिजोले भविष्यमा कसैसँग यौनसम्बन्ध राख्न नपाउन्, उनको अंग आफ्नै मात्र भइरहोस् भन्ने उद्देश्यले त्यसो गरेको बयान दिइन् । सादाको उक्त बयान र घटनाको समाचार ठूलो इस्यु बन्यो । उनको जीवनीमा आधारित भएर दर्जनौं पुस्तक, दर्जनौं चलचित्र, टेलिभिजन शो बने । सादाले १७ वर्षको जेल सजायँ पाइन् । फैसला सुनाउने दिन अदालतबाहिर ठूलो भीड लाग्यो । उनलाई मिडियाले ‘विषालु महिला’ को रुपमा चित्रित गरे ।

जेलबाट रिहा भएपछि एकजना भद्र पुरुषको स्वास्नी बनिन् । उनको आत्मकथा प्रकाशित भयो, जुन रातारात एक लाख प्रति बिक्री भयो । उनले आफ्नै जीवनीमा निर्मित चलचित्रमा अभिनयसमेत गरिन् । उनको निधन ६६ वर्षको उमेरमा सन् १९७१ मा भयो । उनी आजपर्यन्त जापानमा ‘कामुक स्त्री’ को रुपमा चर्चित छिन् ।

टिप्पणीहरू