प्रचार युध्द छेड्दै काङ्ग्रेस

नेपाली काँग्रेसले मुलुकका लागि आगामी १५ वर्षे परिकल्पनाको खाका कोर्ने जिम्मा प्रवक्ता विश्वप्रकाश शर्मालाई दिएको छ । काँग्रेस सूचना,सञ्चार तथा प्रचार विभागले
काँग्रेसले सत्तामा रहँदा गरेका राम्रा काम, कमजोरी, आफ्नो नेतृत्वमा भएका आर्थिक उपलब्धी लगायतका विषयमा अध्ययन गर्न पनि कार्यदल बनाएको छ । जसअनुसार काँग्रेसले शासन सम्हालेका समयमा भएका कमि कमजोरी अध्ययन गर्न डा. सुरेश आचार्यको संयोजकत्वमा अध्ययन कार्यदल बनाइएको छ ।
त्यस्तै काँग्रेसको नेतृत्वमा भएका राजनीतिक र सामाजिक उपलब्धी अध्ययन गर्न रामचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । काँग्रेसको नीति र नेतृत्वमा हासिल भएका आर्थिक उपलब्धि अध्ययन गर्न डा. सञ्जय महतोको संयोजकत्वमा एउटा कार्यदल बनाइएको छ । कम्युनिष्ट सरकारको भनाइ र गराइको अध्ययन र संक्षेपीकरण कार्यदलको संयोजक गोपाल कुमार झालाई तोकिएको छ ।
विभागले दिनेश थापा मगरलाई मितव्ययी निर्वाचन व्यवस्थापन अध्ययन कार्यदलको संयोजक बनाएको छ । विज्ञप्तिमा सामाजिक सञ्जाल समन्वय उपसमितिसमेत गठन भएको जनाइएको छ । उपसमितिको संयोजकमा इञ्जिनियर दिपेश बिष्ट रहेका छन् ।
त्यसैगरी नेपाली काँग्रेस महिला प्रचार नेटवर्क र युवा प्रचार नेटवर्क गठन गरी क्रमशः अञ्जना अर्याल र विकल राईलाई संयोजक तोकिएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पार्टीको मोबाइल एप सार्वजनिक गर्ने निर्णयसमेत काँग्रेसले गरेको छ ।