अर्को कुन न्यायाधीश रोज्ने हो श्रीमान ?

अर्को कुन न्यायाधीश रोज्ने हो श्रीमान ?

प्रतिनिधिसभा विघटनबिरुद्ध परेका एक दर्जन बढी मुद्दाको संवैधानिक इजलासमा भएको बहसमा सामेल हुन बुधबार सर्वोच्च अदालत पुग्नुभएका ९४ वर्षीय वरिष्ठ  अधिवक्ता कृष्णप्रसाद भण्डारीले  इजलाससमक्ष २०४७ सालको संविधानको ५३ (४) मा रहेको ‘श्री ५ बाट प्रधानमन्त्रीको सिफारिशमा संसद विघटन गरिबक्सने छ’ भन्ने धाराको रेकर्ड मगाउने आदेश हुन माग गर्नुभएको छ ।

हिजो बेन्च उठेपछि भोलि शुक्रवार अर्को इजलास तोकिनुपर्नेमा एक हप्ता सारिनुलाई कोरोनाको कारण देखाउँदै होम आइसोलेसनमा बसेका प्रकाशमान सिंह राउतको प्रतिक्षाको रूपमा लिइएको छ ।

अहिलेको संविधानबाट त्यसरी प्रधानमन्त्रीको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था हटाइएको छ । त्यतिबेला उक्त धारा ‘कन्डिशनल’ हो भन्दै  प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सर्वोच्चले अविश्वासको प्रस्ताव आइसकेपछि संसद विघटन गर्न पाईंदैन भनेर सरकारै ढालिदिएको थियो । अहिले २०४७ सालको संविधानको त्यहि धारा सन्दर्भ सामग्रीको रूपमा मगाइएको हो  ।

उता न्यायाधीश हरिकृष्ण कार्की आफू यो प्रकरण हेर्न गठित बेञ्चमा नबस्ने बताएर हिजैदेखि संवैधानिक इजलासबाट बाहिरिनुभएको छ । अब सिनियरबाट बेञ्च गठन गरियोस् भन्ने आवाज थप बुलन्द हुनेछ । त्यसपछि अर्को वरिष्ठले म पनि बस्न सक्दिन भन्दै तर्किन थाले भने ? प्रतिनिधिसभा विघटनसँग सम्बन्धित मुद्दाको छिनोफानो थप लम्बिने खतरा रहन्छ । हिजो बेन्च उठेपछि भोलि शुक्रवार अर्को इजलास तोकिनुपर्नेमा एक हप्ता सारिनुलाई कोरोनाको कारण देखाउँदै होम आइसोलेसनमा बसेका प्रकाशमान सिंह राउतको प्रतिक्षाको रूपमा लिइएको छ । प्रजातान्त्रिक बिचार समूहका मानिनुहुने राउत पनि हरिकृष्ण कार्की झैं प्रधानन्यायाधीशको लाइनमा हुनुहुन्छ ।

यसअघिको आदेशमा सुनुवाई निरन्तर हुने भनिएको थियो । तर,हिजोको आदेशबमोजिम आगामी बुधबार मात्र सुनुवाई हुने भएपछि इजलासको निरन्तरता टुटेको छ । आदेश पनि ‘ब्रेक’ भएको छ । अब प्रधानन्यायाधीशले अन्य न्यायाधीशलाई एक एक गरेर ‘तपाईं इजलासमा बस्ने कि नबस्ने ?’ भनेर सोध्नुपर्ने अवस्था स्वतः बनेको अदालतको उच्च स्रोतले बताएको छ ।

स्रोतका अनुसार आगामी बुधबार नयाँ संवैधानिक इजलास गठन हुन्छ । अब नयाँ इजलासमा बस्ने न्यायाधीशको हकमा पनि फेरि अर्को पक्षले ‘उहाँ पनि यो यो कारणले हुँदैन’ भन्यो भने के गर्ने ? भन्ने नयाँ परिस्थितिको बारेमा पनि आँकलन गरिँदैछ । बुधबारको इजलास र बहसलाई हेर्दा अब संसद विघटनसँग सम्बन्धित संवैधानिक इजलासमा न्यायाधीशरु नबसेर तर्किने रोग सरेको बताइन्छ । बुधबार बन्ने अर्को संबैधानिक इजलासबाट अर्को आदेश भएपछि सुनुवाइ फेरि लम्बिने पक्का छ ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोगको मुद्दा चोलेन्द्रको बेञ्चमा परेपछि कार्कीले प्रधानन्यायाधीशको क्वार्टर नै छाडेर हिँड्नुभएको थियो ।

एकथरिले न्यायाधीश कार्कीको सम्बन्धमा बुधबार उठाइएको कैफियत शुरुकै इजलासमा मज्जैले उठाउनुपर्थ्यो भनेका छन् । एउटा न्यायाधीश त्यो बेन्चमा बस्न हुने नहुने उसको न्यायिक मनको प्रश्न हो, अब उसैको कुरालाई प्रतिस्ठाको विषय बनाएर त्यही सेरोफेरोमा बहस केन्द्रित गर्दा प्रधानन्यायाधीशमा उत्तेजना बढेर लत्तो छाड्ने त हैन भन्ने सम्बन्धमा राणासँग निकट सर्वोच्चका अर्का न्यायाधीशले भने ‘चोलेन्द्र श्रीमान् जस्तोसुकै अवस्थामा पनि दिक्दारी मान्नुहुन्न ।’

मुख चलाउनेबाट पार नलाग्ने देखेर नै हात चलाउने न्यायाधीशको रूपमा केसीलाई लगिएको स्रोतको दाबी छ ।

राणाको बखान गर्दै उनले भने ‘तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोगको मुद्दा चोलेन्द्रको बेञ्चमा परेपछि कार्कीले प्रधानन्यायाधीशको क्वार्टर नै छाडेर हिँड्नुभएको थियो । पहिले आफैँले चोलेन्द्रलाई कारबाही गर्नुपर्छ भनेर दस्तखत धस्काएको कारण उहाँको बेञ्चमा मुद्दा परेपछि कार्कीले आफू सिद्धिने निश्कर्ष निकालेर क्वार्टर छाड्नुभएको हो ।’

हुन पनि उहाँहरूबीच कतिसम्म बेमेल थियो भने सर्वोच्चको इतिहासमा कार्की र राणाबीच कहिल्यै बेञ्च बसेन । तर,उनै चोलेन्द्रले सुशीलालाई अभयदान दिएसरह फैसला गरेर बचाइदिएको बताइन्छ । जबकि सुशीलाले चोलेन्द्रलाई कारबाही नै गर्नुपर्छ भनेर केही समय पहिले लेख्नुभएको पनि सत्य हो ।

अहिले सर्वोच्चमा भएका न्यायाधीशहरूमध्ये छुरा कलम चलाउने भनेर चिनिएकामा तेजबहादुर केसी र ईश्वर खतिवडा भएको स्रोत बताउँछ । त्यसैले केसीलाई चोलेन्द्र श्रीमानले नै इजलासमा राख्नुभएको हो । यो मुद्दाको फैसला जे भएपनि ऐतिहासिक हुने भएकाले मज्जाले लेख्ने न्यायाधीशको खाँचो हुने भएकाले मुख चलाउनेबाट पार नलाग्ने देखेर नै हात चलाउने न्यायाधीशको रूपमा केसीलाई लगिएको स्रोतको दाबी छ । किनकि फैसलामा ह्रस्व र दीर्घको समेत महत्वपूर्ण भूमिका र अर्थ हुने भएकाले प्रधानन्यायाधीशले कलम चलाउनेलाई रोज्नुपरेको हो ।

टिप्पणीहरू