पूर्व रास्ट्रपतिको भरोशा अदालत « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

पूर्व रास्ट्रपतिको भरोशा अदालत

प्रकाशित मिति :  १६ पुष २०७७, बिहीबार २२:२४


प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेपछि केही दिनदेखि तातेको काठमाडौँका सडक बिस्तारै सेलाउँदै छन् । सडक सेलाउँदै जाँदा सबैको ध्यान सर्वोच्च दालततर्फ मोडिएको छ।

सर्वोच्चले कस्तो फैसला गर्ला भन्ने बिभिन्न अड्कलवाजीवीच पूर्वराष्ट्रपति रामवरण यादवले अदालतले न्याय दिनेमा आशावादी हुनुपर्ने बताएका छन्। अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेको भन्दै उनले अरुलाई पनि आशावादी हुन आग्रह गरे।

प्रधानमन्त्री केपी ओलीले संसद विघटनको ‘असंवैधानिक’ कदमका विरुद्ध सर्वोच्चमा १४ वटा रिट परेका थिए। रिटउपर संवैधानिक इजलासमा सुनुवाई शुरु भैसकेको छ। अदालतले सरकारका नाममा कारण देखाऊ आदेश दिइसकेको छ। संविधान जारी हुँदा यादव मुलुकको राष्ट्रपति थिए । राष्ट्रपतिको हैसियतमा संविधान जारी गर्न उनको पनि महत्वपूर्ण भूमिका रहेको मानिन्छ । यादवले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको भन्दै यसअघि पनि असन्तुष्टि जनाइसकेका छन्। प्रधानमन्त्रीको कदमप्रति असन्तुष्ट बनेका यादव सर्वोच्चप्रति भने आशावादी देखिए । उनले अदालतले न्याय दिने (संसद पुनर्स्थापना गराउने) मा भरोशा देखाएका हुन् ।

आज राजधानीमा आयोजित सम्मान कार्यक्रममा बोल्दै पू्र्वराष्ट्रपति यादवले भने, “सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छु।”

पूर्वराष्ट्रपति यादवले गणतन्त्र संकटमा परेको संकेत पनि गरेका छन् । अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको भन्दै उनले गणतन्त्र जोगाउन जनतालाई अगाडि आउन आव्हान गरेका हुन् ।

प्रधानमन्त्री ओलीको कदमले मुलुकमा अस्थिरता सृजना गर्ने र अन्तत:व्यवस्थामाथि नै खतरा आउन सक्ने आशंका भैरहेका बेला मुलुकको पहिलो व्यक्ति बनिसकेका यादवको भनाइले गणतन्त्रका पक्षधरहरुलाई एकताबध्द हुन् दबाब दिएको छ ।


प्रतिक्रिया दिनुहोस !