वामदेवकोमा पुगे चिनियाँहरु « Jana Aastha News Online
Logo
७ माघ २०७८, शुक्रबार
|  Fri Jan 21 2022

वामदेवकोमा पुगे चिनियाँहरु

प्रकाशित मिति :  १६ पुष २०७७, बिहीबार १०:४०


राजधानी काठमाडौंमा अस्ति नेकपा (बहुमत) ले आठ स्थानबाट बिरोध जुलुश निकालेर प्रदर्शनीमार्गमा बिरोधसभाको आयोजना गरिरहदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने बालुवाटारमा केही मन्त्री र पूर्व मन्त्रीलाई भेट्नुभएको छ ।

माधवकुमार नेपालले पार्टी बिभाजन रोक्न उपाध्यक्ष वामदेव गौतम अझै सक्रिय रहेको बताएसङ्गै चिनियाँ टोलीले हिजै अस्ति बिहान ११ बजे अकस्मात् सेड्युल मिलाएर उहाँसँग एकताका सूत्रहरुवारे जान्न खोजेको थियो ।

त्यहि प्रसंगमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि चिनियाँहरू फर्केपछि गौतम निवास पुग्नुभएको थियो ।

यता, नेपालमा राजनीतिक उतारचढाव भइरहेको बेला दक्षिण छिमेकबाट पनि विभिन्न कार्यक्रमको नाममा विदेश मन्त्रालयका कर्मचारी र पूर्व कूटनीतिज्ञहरू काठमाडौं आउने क्रम बाक्लिएको छ । नेपालका लागि पूर्व भारतीय राजदूत श्यामशरण वा राकेश सुदमध्ये एकजना आज आउने भनिएको सेड्युल शुक्रबारलाई सरेको उच्च स्रोतले जानकारी दिएको छ । उनीहरूसँग अर्को एकजना ‘डिप्लोम्याट’ सँगै आउने भनिए पनि नाम सार्वजनिक गरिएको छैन ।

यसैबीच राजधानीस्थित याक एण्ड यति होटलमा भारतीय दूतावासले हिजाे एउटा कार्यक्रमको आयोजना गरेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !