आक्रमणमा अरु नै संलग्नताको आरोप

आक्रमणमा अरु नै संलग्नताको आरोप

नेकपा विप्लवले गत वर्ष फागुन १६ गते काठमाडौंको मण्डिखाटारस्थित एउटा घरमा भएको आक्रमणमा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको पुष्टि भएकोले प्रायोजित आक्रमणमा आफ्नो पार्टीलाई मुछिएको भन्दै चित्त दुखाएको छ ।

बूढानीलकण्ठ नगरपालिका-९ स्थित मनोहरराज घिमिरेको घरमा भएको आक्रमणमा संसदवादी नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका गोर्खा संयोजक अशोक शर्मा भट्ट र राजपामा आवध्द गुल्मेली गणेश कुँवरहरु संलग्न भएको पार्टी अनुसन्धानबाट खुलेको पनि समूहले बताएको छ ।

सेक्रेटरी पवनको नाममा हिजो जारी विज्ञप्तिमा अपराधिक कार्यमा समेत संलग्न हुँदै आएका केही व्यवसायीको पनि उक्त घटनामा संलग्नता रहेको आरोप लगाउँदै भनिएको छ, ‘आर्थिक लाभ उठाउने र आफूहरूलाई बदनाम गराउने उद्देश्यले काठमाडौंमा भइरहेका निकृष्ट अपराधिक घटनाका सूचनाहरू पार्टीमा आइरहेका छन् ।’

टिप्पणीहरू