पर्सि राजधानीमा विशाल प्रदर्शन

पर्सि राजधानीमा विशाल प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले पर्सि पुस १४ गते मंगलबार राजधानी काठमाडौंमा कम्तिमा ५० हजार जना कार्यकर्ता उतार्ने तयारी थालेको छ । प्रधानमन्त्री तथा नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओली (हाल कारबाहीबाट हटाइएको) ले गरेको प्रतिनिधिसभा विघटनको सिफारिश र राष्ट्रपतिको अनुमोदनबिरुद्ध आयोजना गर्न लागिएको उक्त प्रदर्शन बिहान ११ बजेदेखि उपत्यकाका विभिन्न क्षेत्रबाट शुरु हुने बताइएको छ ।

युवा संघ अध्यक्ष रामप्रसाद साप्कोटा “दीपशिखा”ले जनआस्थालाई बताएअनुसार टेकु,कुपण्डोल,नयाँ बानेश्वर,लैनचौर र नक्सालसहितका आठ स्थानबाट जुलुस निस्कने छ । यस्तै,रत्नपार्कबाट मजदुर,त्रिचन्द्र क्याम्पसबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरूको जुलुस निकाल्ने तयारी छ । ती सबै जुलुस भृकुटीमण्डपमा जम्मा भएपछि नेताहरूले सम्बोधन गर्ने अध्यक्ष सापकोटाले जानकारी दिएका छन् ।

आज नेकपा (बहुमत) ले मुलुकका ७७ वटै जिल्लामा कार्यकर्ता भेलाको आयोजना गरेको छ । त्यस्तै आजै अपरान्ह पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपानिकट पेशागत फाँट (कर्मचारीहरू) लाई बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा प्रशिक्षण दिनुभएको छ ।

टिप्पणीहरू