कतै मन्त्री बर्खास्त, कतै क्षेत्रै तटस्थ : गोकुलका पिए कतै नलाग्ने

कतै मन्त्री बर्खास्त, कतै क्षेत्रै तटस्थ : गोकुलका पिए कतै नलाग्ने

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आफनै क्याबिनेटका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई अहिले पदबाट हटाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै सो को बिरुद्धमा लागेको कारण आङ्बोलाई हटाइएको बताइएको छ ।

उता,राजधानी नजिकै,काभ्रेको पनौती नगरपालिका–१,र्यालेमा आज आयोजित तत्कालीन एमालेका अगुवा कार्यकर्ता भेलाले नेकपाको केन्द्रीय तहमा देखिएको अराजकता,टुट,फुट र गुटबन्दीको घोर निन्दा गरेको छ ।

पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको निजी सचिव रहिसकेका राजकुमार सापकोटाको अगुवाइमा ६५ जना नेता-कार्यकर्ता उपस्थित सो भेलाबाट तत्कालीन एमालेका सबै कार्यकर्ता हालको अवस्थामा तटस्थ रहने र र्यालेलाई टुट,फुट र गुटबन्दीमा पर्न नदिई एकजुट राख्ने, कसैलाई गालीगलौज नगर्ने, शिष्ट बोल्ने सर्वसम्मत निर्णय गरिएको बताइएको छ ।

टिप्पणीहरू