नेकपाद्वारा आन्दोलनका कार्यक्रम घोषणा

नेकपाद्वारा आन्दोलनका कार्यक्रम घोषणा

नेकपा (बहुमत) केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रमहरू तय गरेको छ । आज दिउँसो बसेको समितिको बैठकले संसद विघटनको बिरुद्ध पुस १० गतेदेखि २० गतेसम्म बिरोधको कार्यक्रम घोषणा गरेको हो ।

सार्वजनिक कार्यक्रमअनुसार पुस १० गते बिहान साढे नौ बजे सबै केन्द्रीय सदस्य र सांसदहरू माइतीघर मण्डलामा उपस्थित भई प्रदर्शन गर्ने र त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने उल्लेख छ । त्यसपछि आयोगमा गएको टोलीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने बताइएको छ ।

त्यसैगरी पुस ११ गते सात वटै प्रदेशमा नेकपा प्रदेश कमिटी बैठक आयोजना गर्ने र १२ गते ७७ वटै जिल्लामा भेला आयोजना गरिने छ । पुस १४ गते राजधानी काठमाडौं र सबै जिल्लामा बिरोध प्रदर्शनको कार्यक्रम राखिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

त्यसपछि पुस २० गतेसम्म सबै नगर,गाउँपालिका र २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला सम्पन्न गर्ने जनाइएको छ ।

टिप्पणीहरू