आदेशपछि प्रधानन्यायाधीश प्रधानमन्त्रीसँगै सोफामा

आदेशपछि प्रधानन्यायाधीश प्रधानमन्त्रीसँगै सोफामा

प्रधानमन्त्री केपीओलीले गरेको प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका एक दर्जन रिट पर्सि शुक्रबारको संवैधानिक इजलासमा सुनुवाई हुने आदेश गर्दै आज दिउँसो प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा हतार हतार कम्पाउण्ड जोडिएको महान्यायाधिवक्ताको कार्यालय हाता पुग्नुभएको छ । त्यहाँ पुगेर राणा प्रधानमन्त्रीसँगैको सोफामा बस्नुभएको थियो ।

महान्यायाधिवक्ता कार्यालयको ७० औं स्थापना दिवस, नवनिर्मित भवनको उद्घाटन र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहका अतिथि राणा निम्तो मान्न जाँदा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीसँगैको सोफामा बस्नुभएको हो । कार्यक्रमका सभापति महान्यायाधिवक्ता अग्निप्रसाद खरेल हुनुहुन्थ्यो ।

टिप्पणीहरू