मन्त्रीहरूले हुन्न भन्दाभन्दै…

मन्त्रीहरूले हुन्न भन्दाभन्दै…

केही छिनअघि बालुवाटारमा बोलाइएको क्याबिनेट बैठकमा प्रधानमन्त्रीले ताजा जनादेशमा जानुको विकल्प नभएको उल्लेख गर्दै मन्त्रीहरुको असहमतिवीच संसद बिघटनको सिफारिशसम्बन्धी निर्णय गराएर शीतल निवास जानुभएको छ । बिहान क्याबिनेट बैठकमा सँसद विघटनको प्रस्ताव आउनासाथ कृषिमन्त्री घनश्याम भुसालले त्यसो नगर्न सुझाए पनि प्रधानमन्त्री चुपचाप बसेको र उर्जामन्त्री बर्षमान पुनले केही बोल्न खोज्दा भैगो भन्दै रोकिएको बताइन्छ ।

भुसालले अनुरोध गर्दा बैठकबाट उठिसक्नुभएका प्रधानमन्त्रीले कसैको कुरो नसुनी एकोहोरो ‘धन्यवाद’ भन्दै कुरिरहनुभएका अर्का अध्यक्ष प्रचण्डलाई नभेटी शीतल निवासतर्फ लाग्नुभएको थियो । त्यसपछि माननीयको हिसाबले भूतपूर्व हुने तरखरमा रहेका तर मन्त्रीको हैसियतमै रहेकाहरू केहीबेर चियाको चुस्कि लिँदै गफिएका थिए । त्यसरी बालुवाटारमै गफिनेहरूमा कृष्णगोपाल श्रेष्ठ, हृदयेश त्रिपाठी, वसन्त नेम्वाङ्ग मुख्य हुन् ।

टिप्पणीहरू