चिसो बढ्यो, प्रतिपक्षलाई पनि तातो लाग्यो « Jana Aastha News Online
Logo
६ माघ २०७८, बिहीबार
|  Thu Jan 20 2022

चिसो बढ्यो, प्रतिपक्षलाई पनि तातो लाग्यो

प्रकाशित मिति :  ४ पुष २०७७, शनिबार १७:१८


अध्यादेश फिर्ता लिने सहमतिमा छ घण्टा शीतल निवासको दैलो कुरेका त्रियासी भाइ नेकपा नेताहरु सँसदको हिउँदे अधिवेशन बोलाउने प्रक्रियाबाट पछि हटे पनि यही प्रयोजनका निम्ति प्रतिपक्षी दलहरु सल्बलाउन थालेका छन् ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवा र डा.बाबुराम भट्टराईवीच हिजोको टेलिफोन वार्तामा आज तीन बजेका निम्ति समय तय भएबमोजिम जनता समाजवादी पार्टीका नेतात्रय महन्थ ठाकुर र राजेन्द्र महतोहरु छलफलको निम्ति बूढानीलकण्ठ पुगेका हुन् ।

अधिवेशन बोलाउन प्रतिनिधिसभाका कूल सदस्यमध्ये एक चौथाइको हस्ताक्षर आवश्यक पर्नेमा प्रमुख प्रतिपक्षको ६३ सीट अपर्याप्त छ । त्यसमा जसपाको ३४ जोड्दा ९७ हुन आउँछ ।

भोलि नेकपाको स्थायी समिति बैठक निर्धारित छ र आज बिहानदेखि अनेक चरणमा नेता-नेतावीच, प्रधानमन्त्री र मन्त्रीहरुवीच, गुट-उपगुटवीच, पक्ष र प्रतिपक्षवीच घनिभूत छलफल जारी छ ।


प्रतिक्रिया दिनुहोस !