मर्नेहरुले रेकर्ड तोड्दै

मर्नेहरुले रेकर्ड तोड्दै

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको कारण निधन हुनेहरुको संख्या तीन लाख नाघेको छ । चार साताअघि साढे दुई लाख मात्रै रहेको मृतक संख्याले यो अवधिमा बढेर नयाँ रेकर्ड राखेको हो । कोरोनाबाट निधन हुनेको संख्याले यसअघि अमेरिकामा मृत्युको प्रमुख कारण बन्दै आएको मुटुसम्बन्धी रोगलाई समेत उछिनेको त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

दैनिक ४० हजारको हाराहारीमा झरेको थियो । तर,अहिले बढेर २ लाख नाघ्न थालेको बताइन्छ ।

केन्द्रका अनुसार डिसेम्बरको पहिलो साता कोरोनाबाट निधन भएकाहरुको संख्याले उक्त रेकर्ड तोड्दै अहिले प्रत्येक दिन ज्यान गुमाउनेहरुको संख्या र सन् २००१ को सेम्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणमा मारिएकाको संख्या उस्तै देखिन थालेको छ ।

सेप्टेम्बरसम्म आइपुग्दा अमेरिकामा दैनिक संक्रमितहरुको संख्या ४० हजारको हाराहारीमा झरेको थियो । तर,अहिले बढेर २ लाख नाघ्न थालेको बताइन्छ । यसरी नाटकीय ढंगले संक्रमितको संख्या बढ्नुमा नागरिकलाई आफ्नो काममा फर्कन परेको नैतिक दबाब,मास्क लगाउने वा नलगाउने भन्नेसम्बन्धमा भएको राजनीतिकरण र सामाजिक दूरीमाथि गरिएको हेलचेक्रयाईं रहेको विज्ञहरुले बताएका छन् ।

तथ्यांकले आगामी दिन अझ भयावहतर्फ अग्रसर भएको संकेत गर्दै न्यूयोर्क टाइम्समा लेखिएको छ ‘अमेरिकामा कोरोनाबाट एक लाख जनाको ज्यान जान मे २७ अर्थात् झण्डै चार महिना लाग्यो । त्यसपछि पनि एक लाखको ज्यान जान त्यत्ति नै महिना लागेको थियो । तर पछिल्लो एक लाखचाँहि मुश्किलले तीन महिनामा भएको देखिन्छ । अवस्था यस्तै रहने हो भने अबको एक महिनामै अर्को एक लाख जनाको निधन नहोला भन्न सकिन्न ।’

टिप्पणीहरू