हिजोको दुर्घटनामा निधन हुनेको संख्या दुई पुग्यो

हिजो साँझ ७ बजेतिर काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५, ढुङ्गेअड्डा नजिकै भएको सवारी साधन दुर्घटनास्थलमा थप एक जनाको मृत शरीर भेटिएको छ । हिजो प्रदेश २, ०३००१ ख नम्बर को ट्रकले ब्रेक फेल हुँदा ६ वटा सवारी साधनलाई ठक्कर दिएको बताइन्छ । घटनामा हिजै एकजनाको निधन भएको थियो ।

दुर्घटनास्थलमा आज फेरी अर्को एक जनाको मृत शरीर फेला परेपछि निधन हुनेको संख्या दुई पुगेको छ । प्रहरीका अनुसार आज भेटिएका मृतक धादिङ्ग थाक्रे गाउँपालिकाका वर्ष ४१ का राजु पौडेल भएको बताइएको छ ।

टिप्पणीहरू