बिहेको निम्तोमा बैंक खाताको प्रयोग !

बिहेको निम्तोमा बैंक खाताको प्रयोग !

मंसिर महिनालाई हिउँदभन्दा पनि बिहेको सिजनको रूपमा चिन्न थालिएको छ । मंसिरपछि एकैचोटी आगामी नयाँ वर्षमा मात्र बिहेको लगन भएकाले कोरोना महामारीमा पनि जताततै बिबाह भएको देखिन्छ । कतिपयले निम्तो दिन छापिएको कार्डलाई महामारीमा समेत राम्रैसँग प्रयोग गरेको पाइएको छ ।

मंसिर २२ गते सोमबार काठमाडौंको तीनकुनेबाट बिबाह गरिएकी एउटी बधुको बिबाहको निम्तो पत्रमा निम्तालुलाई कोभिड १९ को कारण उपस्थितिको असमर्थताको लागि भन्दै बेहुलीको बैंक खातासमेत उल्लेख गरिएपछि एकजना निम्तालुले अचेलको सामाजिक जीवन बुझ्न सजिलोको लागि उक्त कार्ड पठाइदिएका छन् । यसको अर्थ महामारीको कारण बिबाह समारोहमा अनुपस्थित हुँदाको अवस्थामा एनआईसी एसिया बैंकको जावलाखेल शाखामा रहेको बेहुलीको खातामा गोडधुवा वा उपहारवापतको रकम जम्मा गरिदिनु भन्ने रहेको बताइएको छ ।

टिप्पणीहरू