सगरमाथाको उचाई बढ्यो « Jana Aastha News Online
Logo
७ माघ २०७८, शुक्रबार
|  Fri Jan 21 2022
Logo
७ माघ २०७८, शुक्रबार
|  Fri Jan 21 2022

सगरमाथाको उचाई बढ्यो

प्रकाशित मिति :  २३ मंसिर २०७७, मंगलवार २१:२३


विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई अबदेखि ८ हजार ८ सय ४८ मिटर र ८६ सेन्टिमिटर कायम भएको छ ।

हालै नेपाल र चीनले संयुक्त रूपमा गरेको सगरमाथाको उचाई सर्भेको नतिजा आज काठमाडौं र चीनको राजधानी बेइजिङबाट एकैसाथ आयोजना गरिएको भर्चुअल कार्यक्रममा घोषणा गरिएको हो । यसअघि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर मात्र थियो ।

सो क्रममा सिरहाको समथर भूभागदेखि सगरमाथा नजिकैको पताले भन्ज्याङ्गडाँडासम्मको तीनसय किलोमिटर लम्बाइ भूभागको एक एक गरेर उचाई नापिएको थियो । सगरमाथा वरिपरिका छ हजार मीटर माथिका अन्य १२ वटा पहाड,डाँडा र चुचुरोको समेत डिटेल नाप लिइएको थियो । त्यसपछि बल्ल सगरमाथाको टुप्पोमा सबै उपकरण लिएर एक घण्टामा नाप लिने काम सम्पन्न गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !