मन्त्रीका छोराहरूको बिहे

मन्त्रीका छोराहरूको बिहे

हिजो मंसिर २२ गते धेरैले लगनगाँठो कसे । क्याबिनेट मन्त्रीहरूमध्ये स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र गृहमन्त्री रामबहादुर थापा बादलका छोराहरूले पनि हिजै बिहेको साइत जुराए ।

हिजोदेखि सासुु ससुरा र सम्धी सम्धिनी बनेका ढकाल र श्रीमती इन्दिराको बिबाह २०४९ सालमा स्वर्गीय मनमोहन अधिकारीको प्रमुख आतिथ्य र मदन भण्डारीको उपस्थितिमा भएको थियो ।

गृहमन्त्री थापाका छोरा तथा निजी सचिव प्रतिक थापाले पनि हिजै पोखराबाट बुद्ध एअर चढाएर काठमाडौंमा बेहुली भित्र्याएका छन् । दुलही लिन मन्त्रीका बाउ-छोरा जहाजमै गएका थिए ।

उता, धरानमा रमेश प्रसाईं र गोकर्णमा श्वेता खड्काले पनि यही मेसोमा मंसिरको बाजा बजाएका छन् ।

टिप्पणीहरू