श्वेताको नयाँ सँसार

श्वेताको नयाँ सँसार

नायिका श्वेता खड्काको बिहे मंसिर २२ गते हुने भएको छ । केही समयदेखिको प्रेम सम्बन्धपछि खड्काले धनगढीका विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कस्न लागेकी हुन् । हाल चितवनमा बसोबास गर्ने सिंह परिवारसँग खड्काले बिहेअगावै गत दशैंमा चितवन पुगेर टिका लगाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरूबीच घनिष्ठ सम्बन्धको अड्कल लगाइएको थियो ।


काभ्रेली स्वेताले लामो समयदेखिको प्रेम सम्बन्धपछि २०७१ असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग बिबाह गरेकी थिइन् । तर,त्यसको एक महिनापछि साउन २५ गते भारतको राजधानी नयाँ दिल्लीमा उपचारको क्रममा श्रेष्ठको निधन हुँदा उनी लामो समय मनोरञ्जन क्षेत्रबाट टाढा बसेकी थिइन् । तर पछिल्लो दिनमा खड्का चलचित्र कान्छीको निर्माणसहित केही म्युजिक भिडियोसहित पुनः मनोरञ्जन क्षेत्रमा आएकी हुन् ।

खड्काका हुनेवाला श्रीमान् रावत चितवनस्थित भगत मेटलका सञ्चालक हुन् । उनीहरूको विवाह काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुन लागेको हो ।

टिप्पणीहरू