कम्युनिष्टको झगडा र कांग्रेसको रणनीति

कम्युनिष्टको झगडा र कांग्रेसको रणनीति

केपी ओलीलाई अप्ठेरो परेको बेला कांग्रेसले सितिमिति साथ दिँदैन, नदिने संस्थागत निर्णय नै छ भन्ने त गफमात्रै रहेछ । त्यस्तो पर्‍यो भने कांग्रेस उफ्रिएर बालुवाटार छिर्ने गफ तिनका नेताको मुखबाट निस्कन थालेको छ ।

एकथरिले केपी ओलीेको सहकार्यसम्बन्धि प्रस्तावलाई नपत्याइरहेको बेला ‘खेलाडी’ छवि बनाएका केही नेता भने रणनीतिक उपयोगिताको मान्यताअनुसार पनि केपीसँग नजिकिनु मै कांग्रेसको हित देखिरहेका छन् । त्यसैले कथंकदाचित नेकपा फुट्यो र ओली सरकारले कांग्रेसको समर्थनमा आफूलाई टिकाउन चाह्यो भने त्यो कुरा असंभव छैन । रामशरण महत, मीनेन्द्र रिजालदेखि विमलेन्द्र निधीसम्मका मुख सुँघ्दा यो कुरा पत्ता लाग्छ भन्दछन पनि । नेकपाको बिभाजनका निम्ति ओलीलाई साथदिनु जरुरी छ । हामी साथ दिन्छौं भनेपछि मात्र हो, उनले पार्टी फुटाउन आड पाउने उनीहरुको ठहर छ–ओलीले आफ्ना मान्छे तर्साउन मात्र यो अस्त्र प्रयोग गरेका हुन् ।

केपीले आफ्नो पार्टी फु्टाएपछि मात्रै हो, कांग्रेससँग मिल्नसक्ने । तर, उनी त्यो स्थितिमा पुग्दैनन् भन्ने राजनीतिक बजारको अनुमान छ । यदि केपी त्यहाँ पुगे भने शेरबहादुर देउवालाई कांग्रेसका नेताहरुले रोक्न सक्दैनन् भनेर माथि उल्लेख भएका तीन नेताले राम्रैसँग बुझेका छन् । कांग्रेसको तल्लो तहमा सरकारमा नजाने कुरा लोकप्रिय भए पनि माथिल्लो तहमा सहमति जुट्ने स्थिति छ । कारण हो, सरकारलाई साथ दिन्छौं भन्दा नेकपाको विभाजनलाई संस्थागत गर्न बल पुग्ने, फलतः आगामी निर्वाचनमा कांग्रेसको एक्लो बहुमत सुनिश्चित हुन्छ । यो कुरा कांग्रेसको बृहत्तर हितमा नभए पनि नेकपा विभाजनलाई संस्थागत गर्न ओलीलाई साथ दिनु राम्रो मान्ने मत नेतृत्वमा क्रमशः बलियो बनिरहेको छ । अहिले ओलीलाई साथ दिनु भनेको केहीथान मन्त्री र संबैधानिक नियुक्ति मात्र नभई उपउक्त समयमा सत्ताकै नेतृत्व प्राप्त गर्नु पनि हो । थप तीन आयाम हुनसक्ने केही पर्यवेक्षकको धाराणा छ । एक दुई तिहाइ निकटको पार्टी बिभाजन गर्न सक्नि, अब स्थानीय लगायत आम चुनावको तयारी शुरु हुन लागेकोले सत्तामा सहमती भएर अनुकूल जनमत बनाउन पाइनु, दुई तिहाइ या सामान बहुमत नेपालको निम्ति आफैंभित्रको दलीय द्धद्दका कारण अफाफसिद्ध रहेको पुष्ट्याइँ छन् । त्यसमाथि शेरबहादुर र ओलीको ट्यु्निङ पनि मिल्छ । सँगसँगै नेकपाको एकता जोगाउन चिनियाँहरुले धेरै भूमिका खेले, फेरि पनि चीनले विभाजन हुन दिँदैन भन्ने अर्काथरि कांग्रेस बृद्धिजीवीहरुको विश्लेषण छ ।

जबकि, वैशाखमा ल्याएजस्तो दल विभाजनसम्बन्धी खुकुलो व्यवस्था गर्ने अध्यादेश आयो भने भोलि त्यसले कांग्रेसलाई पनि बाँकी राख्दैन । यो खतरा बीच पनि नेकपा विभाजनको शर्तमा वा विभाजन भइसकेको स्थितिमा फेरि उनीहरुलाई मिल्न नदिने तर रणनीतिक उपयोगितामात्र गर्नेतिर कांग्रेस गयो भने अचम्म मान्नु नपर्ने केही विश्लेषकहरु बताउँछन् । उनीहरुको कम्तिमा २०७९ सालमा हुने निर्वाचनसम्म मिल्न पाएनन् भने जनता समाजवादीसँगको गठबन्धनबाट कांग्रेसले दुई तिहाई बहुमत पाउँछ भन्ने बुझाइ छ । त्यसमाथि भारत पनि नेकपा सग्लो रहिरहेको हेर्न चाहन्न । कांग्रेसले विभाजनमा कुनै पक्षलाई साथ दिँदा ऊप्रति भारतको बिग्रँदो धारणामा सुधार आउने सम्भावना पनि शीर्ष नेताहरुले देखिरहेको बताइन्छ ।

टिप्पणीहरू