प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत

नेकपा सचिवालयको आज दिउँसो बालुवाटारमा बसेको बैठकले अन्ततः प्रधानमन्त्रीको प्रस्तावलाई नै अस्वीकृत गरिदिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुभएको ३८ पृष्ठको जवाफी पत्रमा झैँ आजको बैठकमा ‘अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्ताव छलफल गर्न लायक र योग्य नभएकोले अस्वीकृत गर्न’ राख्नु भएको प्रस्तावलाई अधिकांश सदस्यले छलफल गर्नुपर्ने भनेपछि अस्वीकार गर्न राख्नुभएको प्रधानमन्त्रीको प्रस्तावलाई नै कमिटीले अस्वीकृत गरेको हो ।

स्रोतका अनुसार बैठकमा उपस्थित बालुवाटार निकट सदस्यहरूले समेत सचिवालयमा दर्ज भएका सबै प्रस्तावमाथि छलफल गर्नुपर्ने बताएका थिए । उहाँहरूले औपचारिक मात्र नभई अनौपचारिक छलफललाई पनि अघि बढाउनुपर्ने धारणासमेत राख्नुभएको थियो । तर,खुमलटारनिकट सदस्यहरूले अनौपचारिक छलफलको नाममा धेरै समय लम्ब्याउन नहुने धारणा राखेका थिए । बैठक भोलि पनि जारी रहने बताइएको छ ।

टिप्पणीहरू