सचिवालय बैठकका सनसनीखेज समाचार

सचिवालय बैठकका सनसनीखेज समाचार

नेकपाको आज दिउँसो सम्पन्न  सचिवालय बैठकमा दुईजना अध्यक्षबाहेक वरिष्ठ नेता माधवकुमार नेपाल,महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतमले पनि बोल्नुभएको थियो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको भनाई पुरानै अवस्थामा फर्किनुपर्यो भन्ने खालको थियो । ओलीको उक्त भनाईलाई काउण्टर दिँदै प्रचण्डले त्यो कसरी सम्भव छ ? दुबै पार्टी भङ्ग भइसकेको अवस्थामा कसरी पुरानै अवस्थामा फर्किन सकिन्छ ? भनेर सोध्नुभएको बताइन्छ ।

बरु त्यसैमा नेपालले थप्दै ‘दुबै पार्टी भङ्ग भइसक्यो,एकीकृत पार्टीको नयाँ बिधानसमेत आइसकेको छ । विधानलगायतका कानुनी पक्ष पार्टीको सर्वोच्च दस्तावेज हुन् । दुबै भनिएका पार्टिका नेता तथा कार्यकर्ताहरू समेत एउटै पार्टीमा एकताबद्ध भइसकेका छन् । ती सबै कार्यलाई तत्कालीन एमाले र माओवादी केन्द्रीय समितिले सर्वसम्मत पारित गरिसकेपछि ती दुबै पार्टी राजनीतिक हिसाबले औपचारिक रूपमा भङ्ग भइसके’ भन्नुभएको थियो ।

तत्कालीन महासचिव सीपी मैनालीलाई पोलिटब्युरोबाट समेत झारेर केन्द्रीय समितिमा पुर्याइएको थियो । मैनालीले महासचिव छोड्छुभन्दा छाडेर मात्रै उन्मुक्ति पाईंदैन भन्दै कारबाही नै गरिएको थियो ।

नेपालले आफ्नो भनाइ राख्ने क्रममा ‘नयाँ दलको कार्यसमितिले विधान र नियमावलीसमेत पारित गरिसक्यो । नियमावली विधानभन्दा कहिल्यै माथि हुनै सक्दैन । दुईजना अध्यक्ष मिल्नुपरेको बेलामा ती सबै विधान र नियमावलीलाई लत्याइयो । मैलै उहिल्यैदेखि दुई जना नेताको चोचोमोचो जोडिने कुराको बिरोध गर्दै आएको छु । दुई जना अध्यक्ष मिल्नु भनेको उहाँहरू मात्रै सुप्रिम हुनु होइन’ भन्दै उहाँहरूले पनि कमिटीमा भएको बहुमतको निर्णयलाई मानेर अघि बढ्नुपर्छ । कमिटी प्रणाली भनेको यहि हो । बुझ्नुपर्यो,सिक्नुपर्यो । लेनिनवादी सोच र सिद्धान्त भनेको पनि यहि हो’ भन्नुभएको बताइन्छ ।

कम्युनिष्ट पार्टीभित्रको विशिष्ट शैलीको बारेमा विश्लेषण गर्दै नेपालले ‘विश्व कम्युनिष्ट आन्दोलन र हाम्रै सन्दर्भलाई हेर्ने हो भने पनि सिद्धान्त र विधि पालनाको लागि के के भएका थिए त्यसतर्फ ध्यान दिऔं ।’ भन्नुभएको थियो । ‘कम्युनिष्ट आन्दोलनको इतिहासलाई अध्ययन गर्ने हो भने हेर्नुस् कुन कुन बैठकमा के भएका थिए ? किन बैठकमा फाइल र कतिपय अवस्थामा माइन्युट फालिएको थियो ? त्यस्तो बेलामा पनि आम जनता र पार्टी पंक्तिको साथ मिलेको थियो । किनभने त्यो पार्टीको विधि र सिद्धान्तलाई अघि बढाउने र नबढाउनेबीचको संघर्षमा विधि र पद्धतिको पक्षमा भएको थियो । कतिपय बैठकमा बहुमत र अल्पमतको घम्साघम्सी नै भएको थियो ।’ उल्लेख गर्दै नेपालले ‘हाम्रै इतिहासलाई हेर्ने हो भने तत्कालीन महासचिव सीपी मैनालीलाई पोलिटब्युरोबाट समेत झारेर केन्द्रीय समितिमा पुर्याइएको थियो । मैनालीले महासचिव छोड्छुभन्दा छाडेर मात्रै उन्मुक्ति पाईंदैन भन्दै कारबाही नै गरिएको थियो । त्यसबखत सबैभन्दा ठूलो भूमिका मदन भण्डारीको थियो । त्यसैले अहिले पनि कसैले आफूलाई सुप्रिम नठाने हुन्छ । कमिटीभन्दा माथि कोहि पनि छैन, यो सबैले बझ्नुपर्यो ।’ भनेर इतिहासको बारेमा अवगत गराउनुभएको थियो ।

बिमतिलाई लत्याएर तपाईंहरूको चोचोमोचो मिलुञ्जेल कति वटा निर्णय गर्नुभयो ?  सहमति तपाईंहरूबीच मात्रै हुनुपर्ने हो कि अन्य कमरेडहरूबीच पनि ?’

बैठकमा बोल्दै नेता नेपालले भन्नुभयो ‘कमिटीको बैठक बोलाउन दुईजनाको सहमति चाहिने भनेर व्यवस्था गर्ने अनि बैठक बसेन भनेर कुर्लिंने ? अनि यस्तो मेसोमा सहमतिको कुरो गर्ने तपाईंहरूले ? यसअघिका बैठकमा मैलै त्यत्रो बिमति राखेको थिएँ । तर,बिमतिलाई एकातिर फालेर कसरी सहमति भएको थियो तपाईंहरूबीच ? मेरो बिमतिलाई लत्याएर तपाईंहरूको चोचोमोचो मिलुञ्जेल कति वटा निर्णय गर्नुभयो ? अहिले दुईजनाबीच एक जनालाई चित्त नबुझ्नेबित्तिक्कै सहमतिको खोजी गर्ने ? सहमति तपाईंहरूबीच मात्रै हुनुपर्ने हो कि अन्य कमरेडहरूबीच पनि ?’

समस्याको मूल जरो केलाउँदै वरिष्ठ नेताले प्रधानमन्त्रीले पेश गर्नुभएको दश पृष्ठको पत्रलाई पनि पछिल्लो समस्याको मूल कडीको रूपमा प्रस्तुत गर्नुभएको स्रोतको दाबी छ । उहाँले नेकपाको समस्या अरु केही नभएर नेताहरूको अतृप्त आकांक्षाको प्रतिफल रहेकोतर्फ संकेत गर्नुभएको थियो । भन्नुभयो ‘समस्याको जरो तपाईंहरूको व्यक्तिवादी सोच हो । अनि प्रधानमन्त्रीको विधि नमान्ने अहंकारवादी सोच हो । अहिले समस्याको मूल जरो त्यहीँ छ । तर,त्यसबारेमा तपाईंले कहिल्यै आत्मसमीक्षा गर्नु भएको छ ?’

समस्याको मूल जरो त्यहीँ छ । तर,त्यसबारेमा तपाईंले कहिल्यै आत्मसमीक्षा गर्नु भएको छ ?

तर प्रधानमन्त्रीले यसअघि बनेका सबै प्रधानमन्त्री र मन्त्रीहरू नै समस्याको कारक हुन् भनेर आरोप लगाउँदै आइरहनुभएको विषयलाई उल्लेख गर्दै उहाँले ‘के आधारमा कृत्रिम ढङ्गले समस्या र बखेडा खडा गरिएको भनेर कसरी लेख्नुभयो ?’ भनेर प्रश्न राख्नुभएको थियो । उहाँले पार्टीभित्र समस्याको फायर सबैभन्दा पहिले तपाईंले नै खोल्नुभएको हो भन्दै प्रधानमन्त्रीसँग सोध्नुभयो ‘बैठक बोलाउनुस् भनेर अनुरोध गर्न जाँदा समस्याको फायर खोलेको कसले हो ? अहिले अरुले फायर खोले भनेर भन्न मिल्छ तपार्ईंले ?’

महासचिव विष्णु पौडेलले ‘पार्टी बर्बाद हुने भयो,दुईजना नेता मिल्नुस्’ भनेर एकोहोरो भनेपछि नेपालले त्यहि विषयमा पनि एकछिन बोल्नुभएको थियो । उहाँले ‘के को दुईजना नेता मिल्नुस् ? प्रधानमन्त्रीले सबैलाई आरोप लगाएर आफूलाई सुप्रिम ठान्नुभएको छ । यस्तो बिचारले एक जनासँगभन्दा पनि सबैसँग उहाँको समस्या रहेको प्रष्ट हुन्छ । महाधिवेशनको कुरो ल्याउनुहुन्छ । तर,महाधिवेशनबाट निर्वाचित नेतृत्वले गरेको कार्य यहि हो ? केही नलागेपछि आफूलाई जनताले चुनेको प्रधानमन्त्री भनेर जोगाउन खोज्ने ? पार्टीमा कहिल्यै छलफललाई प्राथमिकता नदिने र एक्लौटी ढंगले अघि बढेर समस्या कसले खडा गर्यो ?’ भनेर प्रतिप्रश्न राख्नुभएको थियो ।

छोटो मन्तव्य राख्ने क्रममा उपाध्यक्ष वामदेव गौतमले पार्टीमा सबैभन्दा सर्वोच्च निकाय केन्द्रीय समिति हो र जहाँ समस्या छ त्यहि कमिटीमा पहिले व्यापक छलफल गरौं भन्नुभएको थियो । त्यसपछि बिधान बमोजिमका पार्टी बडीमा व्यापक छलफल गरौं भनेर आफ्नो धारणा छोट्याउनुभएको थियो ।

बैठक बोलाउनुस् भनेर अनुरोध गर्न जाँदा समस्याको फायर खोलेको कसले हो ? अहिले अरुले फायर खोले भनेर भन्न मिल्छ ?’

बैठकको अन्तमा आगामी बैठकको लागि एक दिनको ग्याप राख्ने कुरो उठ्यो । त्यसमा दुई दिनको ग्याप राखेर बैठक बस्ने सहमति भएपछि मंगलबारको लागि तय गरियो । लगत्तै बैठकस्थलको बारेमा पनि नेता नेपालले आफ्नो धारणा राख्नुभएको बताइन्छ । त्यसक्रममा उहाँले ‘बैठक बालुवाटारमा होइन पार्टी मुख्यालयमा बस्ने गरौं । प्रचण्ड कमरेडलाई पनि म भन्न चाहन्छु,घरमा भेट्ने भन्दापनि अबदेखि पार्टी मुख्यालय प्रयोग गर्नुस् । पूर्व एमालेको बेलामा हामी सबैले पार्टी कार्यालय प्रयोग गथ्र्यौं । यी सबै केपीको पालादेखि बिग्रेको हो । कहिले बालकोट कहिले बालुवाटार !  जेएनको पालासम्म सबै पार्टी गतिबिधि,भेटघाट र छलफल पार्टी मुख्यालयमा नै हुन्थे ।’

बैठक समापन गर्ने क्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले पनि प्रधानमन्त्रीतर्फ संकेत गर्दै भन्नुभयो ‘तपाईंले पार्टीको निर्णय मान्दिन भन्नुभएको छ । पार्टीको कुनैपनि निर्णय,मतलब र वास्ता नै गर्नु भएको छैन । तपाईंले यसअघिको आधा कार्यकालको सहमति मानेर पछि तोडेको हो कि होइन ? भोलिपल्टै प्रचण्ड कार्यकारी होइन म नै कार्यकारी हुँ भन्ने पनि को हो ?’ भनेर धारणा टुङ्ग्याउनुभएको स्रोतको दाबी छ ।

टिप्पणीहरू