अस्ताए डिएगो म्याराडोना

अस्ताए डिएगो म्याराडोना

विश्वका चर्चित फुटबल खेलाडी अर्जेन्टिनाका डिएगो माराडोनाको ६० वर्षको उमेरमा कार्डिआक एरेष्ट (मुटु सम्बन्धी रोग) बाट निधन भएको छ । सन् १९८६ मा भएको विश्वकपको क्वार्टर फाइनलमा रेफ्री र गोल किपरलाई छक्याएर हातले छोएको बललाई बेलायतबिरुद्ध गोलमा परिणत गरेकै कारण अर्जेन्टिनाले फाइनल जितेको थियो । त्यसबेलादेखि उनी सर्वाधिक चर्चित भएका हुन् । उक्त गोललाई विश्व फुटबल इतिहासमा सर्वाधिक विवादित मानिँदै आएको छ ।

हुन तः सँधै विवादमा आउन रुचाउने म्याराडोना कहिल्यै नलजाउने स्वभावका थिए । पछिल्लो समयमा कोकिनको कुलतमा फसेका उनी पटक पटक विवादमा आए । सन् १९९८ मा एअर राइफलबाट पत्रकार र फोटो पत्रकारलाई आफ्नै घर बाहिर गोली हानेको आरोपमा निलम्बनमा परेका थिए । पछि उनलाई दुई वर्ष १० महिनाको जेल सजाय सुनाइएको थियो ।  त्यतिबेला उनी अर्जेन्टिना टिमको मुख्य प्रशिक्षक थिए ।

टिप्पणीहरू