महासचिवलाई बुटवलमा कालो झण्डा

महासचिवलाई बुटवलमा कालो झण्डा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिवएवं अर्थमन्त्री विष्णु पौडेललाई नेपालविद्यार्थी संघ र तरुण दलकाकार्यकर्ताले बुटवलमा कालो झण्डा देखाएका छन् । बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई तिनाउ पुलनजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाइएको हो ।

नेता पौडेल आफ्नो निर्वाचन क्षेत्रको सैनामैना मा.बि रानिबगिया र पर्राेहामा.बि. मुर्गियाको नवनिर्मित भवनको उद्घाटन गर्न जाँदै थिए । प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका थिए । कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा लिइएको छैन । बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको र वर्तमान सरकार एकपछि अर्को ठूला भ्रष्टाचारमा मुछिएको हुँदा पौडेललाई कालो झण्डा देखाएर विरोध गरिएको कांग्रेस रुपन्देहीका युवा नेता विष्णु पोखरेलले बताएका छन् । गत संसदीय चुनावमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य चुनावी एजेण्डा बनाएर चुनाव जिते पनि अन्तिममा एजेण्डा छाडेर अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप पौडेलमाथि छ ।

मंगलबार सञ्चारकर्मीको जिज्ञासामा उनले यो ठाउँलाई कुनै पनि हिसाबले पूर्वाधार, तथा आर्थिक समाजिक दृष्टिकोणले पछाडी पर्न नदिने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला रुपन्देही आएका थिए । मंगलबार बुटवल पुगेका पौडेलले पार्टीको पछिल्लो विवादबारे धारणा राख्दै सीमा नाघेर अभिव्यक्तिहरु आउन थालेको बताएका छन् । यो चिन्ताजनक भएको भन्दै उनले मर्यादाभित्र फर्किएर छलफल गर्नुपर्ने बताएका छन् ।

टिप्पणीहरू