किरिया पुत्री पनि परीक्षामा सामेल

किरिया पुत्री पनि परीक्षामा सामेल

हिजोदेखि शुरु भएको कक्षा १२ को परीक्षामा पिताको किरियामा बसेका एकजना युवा पनि सहभागी भएका छन् । मोरङ्ग, बेलबारी ९, पोखरियाका आभाष पाण्डे आफ्ना दिवङ्गत पिताको किरियामा छँदै परीक्षा दिन परीक्षा केन्द्र पुगेका हुन् ।

उनी आफूलाई जन्मेदेखि सिकाउँदै र हुर्काउँदै यो उमेरसम्म ल्याइपुर्‍याएका पिताप्रति सम्मान, निष्ठा र कर्तव्य पालना गर्दै परीक्षामा सामेल भएको बताउँछन् ।

पाण्डेको उक्त निर्णयप्रति आफन्त र छरछिमेकी सबै खुशी देखिन्छन् । जनआस्था टिमको पनि पाण्डेलाई सफलताको शुभकामना !

टिप्पणीहरू