सुरेन्द्र पाण्डेलाई आज पनि तनाव « janaaasthanews
१८ मंसिर २०७७, बिहीबार

सुरेन्द्र पाण्डेलाई आज पनि तनाव



हिजो चितवनको आफ्नो निर्वाचन क्षेत्रमा पार्टी कामको सिलसिलामा उपस्थित नेकपा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेविरुद्ध बाहिरबाट अनधिकृत ब्यक्ति कार्यक्रमस्थलमा प्रवेश गरी अभद्र व्यवहार र नाराबाजीको प्रयास गरिएझैं आज पनि पोखरामा त्यहि व्यवहार देखाउने प्रयास भएको छ ।

हिजो राति चितवनबाट काठमाडौं आउनुभएका पाण्डे आज बिहानै काठमाडौंबाट हवाईजहाजमा पोखरा जानुभएको थियो । गण्डकी अञ्चलका नेकपा अगुवाहरूसँग लेकसाइडको होटल माउण्ट कैलाशमा भेटवार्ता गर्ने क्रममा केही उच्छृङ्खलले भित्र पसी मच्चाउन खोजेको हुलदङ्गाको प्रयासलाई भने सुरक्षाकर्मीले असफल तुल्याएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दलित बीचमै दलन
कम्युनिष्टको झगडा र कांग्रेसको रणनीति
नेकपा लिग अफ नेशन्सको बाटोमा पुग्न लागेकै हो ?
ओली आउने भनेर गएका, राजावादीले समेत जोरी खोजेका