मुद्दा अदालतमा, बिरोध माइतीघरमा « janaaasthanews
१८ मंसिर २०७७, बिहीबार

मुद्दा अदालतमा, बिरोध माइतीघरमा



नेपाल मजदुर किसान पार्टीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबिरुद्ध आज बिहान १० बजेदेखि माइतीघर मण्डलामा प्लेकार्ड प्रदर्शन गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलसहित केही दर्जन प्रदर्शनकारीले सम्पदा संरक्षण गर्नुपर्ने,ठमेलको छायाँदेवी कम्प्लेक्स बहिष्कार गर्नुपर्ने, गैरकानुनी मिलापत्र खारेज गर्नुपर्ने र कमलपोखरीलाई पूर्ववत् अवस्थामा पुनर्स्थापित गर्नुपर्ने लगायतका नारा अंकित प्लेकार्ड बोकेका छन् ।

आज सर्वोच्च अदालतमा ठमेलस्थित छाँयादेवी कम्प्लेक्स निर्माणको विषयमा परेका मुद्दामा सुनुवाई हुँदैछ । सोही विषयलाई लिएर नेमकिपाले उक्त कम्प्लेक्स निर्माण कार्यको खारेजीको माग राख्दै प्रदर्शन गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कम्युनिष्टको झगडा र कांग्रेसको रणनीति
नेकपा लिग अफ नेशन्सको बाटोमा पुग्न लागेकै हो ?
ओली आउने भनेर गएका, राजावादीले समेत जोरी खोजेका
नेकपाको राजनीति र कुहिराको काग